पोखरा विमानस्थलमा खुल्यो अध्यागमन कार्यालय

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०८०
adhya

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि अध्यागमन कार्यालय खुलेको छ । अन्तर्राष्ट्रिय चार्टड उडान भए पनि विमानस्थलमा अध्यागमन कार्यालय नभएकाले काठमाडौंबाटै टोली आएर काम हुने गरेको थियो ।

उपसचिव लिलावल्लभ न्यौपानेको नेतृत्वमा विमानस्थलमा अध्यागमन कार्यालय खुलेर बिहीबारबाटै काम सुरु भएको छ ।

अध्यागमनको विमानस्थल कार्यालयमा २९ जनाको कर्मचारी दरबन्दी रहे पनि अहिले १० कर्मचारी खटिएका छन् । प्रमुख अध्यागमन अधिकृत न्यौपानेले गृह मन्त्रालयको खटन अनुसार आफूहरु बिहीबारै पोखरा आएर कार्यालय सञ्चालन गरेको बताए । न्यौपानेले काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयकै प्रकृतिमा पोखराबाट सेवा प्रवाह हुने बताए । विमानस्थलमा अध्यागमन कार्यालयका लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन पोहोर जनवरी १ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।

बिहीबार साँझ पोखरामा चार्टर्ड विमानबाट ओर्लेका चिनियाँ पाहुना अध्यागमनका पहिलो पाहुना भएका छन् । मंसिर ९ गतेदेखि पोखरामा हुने माउन्टेन क्रसकन्ट्री दौड प्रतियोगितामा सहभागी हुन आउने चिनिया खेलाडी बोकेर हिमालय एअरलाइन्सको चाटर्ड जहाज पोखरा आएको हो ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width