गण्डकी विश्व विद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स पढाइ हुने

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०८०
gandaki university

पोखरा । गण्डकी विश्व विद्यालयले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बिहीबार वार्षिक प्रतिवेदन बुझाएको छ । कुलपति प्राडा गणेशमान गुरुङ, रजिस्ट्रार डा. कैलाश तिमिल्सिनासमेतको उपस्थितिमा न्यासिक परिषद अध्यक्ष प्राडा कैलाशनाथ प्याकुरेलले मुख्यमन्त्री पाण्डेलाई वार्षिक प्रतिवेदन हस्तान्तरण गरे ।

प्रतिवेदन ग्रहणपछि मुख्यमन्त्री पाण्डेले बजारको आवश्यकता अनुसार जनशक्ति उत्पादनमा विश्वविद्यालयले ध्यान दिनुपर्ने बताए । अध्यक्ष प्याकुरेलले विश्वविद्यालयमा सूचना प्रविधि, खेलकुद व्यवस्थापन, बि फर्मा, बिएएलएलबी र व्यवस्थापन विषयमा स्नातक तहमा कार्यक्रम सञ्चालित रहेको न्यासिक परिषद अध्यक्ष प्राडा कैलाशनाथ प्याकुरेलले जानकारी गराए । उनका अनुसार विश्वविद्यालयमा हाल विभिन्न ५२ जिल्लाका ४ सय ६० जना विद्यार्थी अध्ययनरत छन् । गत आवमा १६ जना शिक्षक र २१ कर्मचारी नियुक्त गरिएको छ । हाल विश्वविद्यालयमा २४ जना शिक्षक र ५० कर्मचारी स्थायीरुपमा कार्यरत छन् ।

नेपालमा उच्च शिक्षाको विकास, विस्तार र स्तरीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै मूल्यमान्यता, संस्कार, संस्कृति र आदर्शको सम्वद्र्धन एवं विकासमा योगदान दिने सोच विश्वविद्यालयले राखेको कुलपति प्राडा गुरुङले बताए । उनका अनुसार हाल विश्वविद्यालयसँग ५ सय २६ रोपनी जमिन उपयोग गर्न पाउने गरी प्राप्त गरेको छ भने नेपाल सरकारबाट थप २ सय ४८ रोपनी जमिन लिने प्रयास रहेको छ ।

अन्वेषण र आविष्कार केन्द्रमा हालसम्म मुलुकका आवश्यकतामा लक्षित प्रविधियुक्त ८ वटा मेसिनहरू तथा केही बहुकार्यात्मक औजारहरू उत्पादन भएको रजिस्टार डा. तिमिल्सिनाले बताए । उनले भने, ‘जसलाई प्रयोग गरेर कृषि, स्वास्थ्य, सूचना प्रविधिजस्ता विषयसँग सम्बन्धित आधुनिक उपकरण तथा औजारहरू विकास गर्न सकिन्छ । प्राध्यापक र कर्मचारीहरूको प्रयासबाट विश्वविद्यालयलाई गुणस्तरीय नमुना विश्वविद्यालय बनाउने कामको सुरुआत भएको छ ।’

विगतका शैक्षिक तथा प्राज्ञिक अभ्यास र गण्डकी विश्वविद्यालय शिक्षण अस्पताल स्थापना गर्ने विषयलाई निरन्तरता दिँदै तयार गरिएको एमबिबिएस कोर्सको जानकारी प्रदेश सरकारमा दिने र गुणस्तरीय शिक्षाको विकास एवं प्रवद्र्धन गर्ने नीति विश्वविद्यालयले लिएको डा. तिमिल्सिनाले बताए ।

विश्वविद्यालयले आर्टिफिसियल इन्टेलिजेन्स र मौसम परिवर्तन विषयको पठनपाठन स्नातकोत्तर तहमा सुरु गर्ने योजना अगाडि बढिरहेको छ । साथै स्रोत व्यवस्थापन हुन सकेमा कृत्रिम बौद्धिकता र इन्जिनियरिङका कक्षाहरू यस वर्ष थप गर्ने उद्देश्य रहेको डा. तिमिल्सिनाको भनाइ छ ।

न्यासिक परिषद अध्यक्ष प्राडा प्याकुरेलले विश्वविद्यालयका उद्देश्य प्राप्त गर्न उपयुक्त विधि तथा प्रक्रियामार्फत मानवीय, भौतिक तथा आर्थिक स्रोतहरूको परिचालनको लागि निश्चित संगठन आवश्यक रहने बताए । नीति तथा कार्यक्रमहरू कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह तथा संस्थाका उद्देश्य प्राप्तिका लागि निश्चित समय, स्थानमा सम्पर्कविन्दु स्थापित गर्न आवश्यक हुने हुँदा कार्यालय र आर्थिक, भौतिक र मानवीय स्रोतहरूको उचित संयोजन गर्न कार्यालय व्यवस्थापन गर्न असहज भइरहेको उनको भनाइ थियो ।

पोखराको मुस्ताङ चोकमा रहेको केन्द्रीय कार्यालयबाट नै सम्पूर्ण प्रशासनिक, अनुसन्धान र आविष्कार केन्द्रका कर्मचारी एवं प्राध्यापकहरू समेत रहेर समन्वयात्मक तवरले काम गर्न सक्ने वातावरण तयार भएको उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width