जातीय विभेद गर्ने पोखरा २४ का वडाध्यक्ष अधिकारीलाई जेल सजाय

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०८०
bharat adhikari

पोखरा । पोखरा वडा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले साढे ४ महिना जेल सजाय भोग्नुपर्ने भएको छ ।

जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीले बिहीबार उनलाई ७५ हजार जरिवानासहित साढे ४ महिना जेल सजायको फैसला सुनाएको हो । गत वर्ष माघ ९ मा उनी १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएकामा न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले बिहीबार उक्त फैसला सुनाएको हो ।

जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ को दफा ७(१) क अनुसार उक्त कसूरमा ३ महिना कैद तथा ५० हजारसम्म जरिवाना हुने उल्लेख भए पनि सार्वजनिक पद धारण गरेको व्यक्ति (जनप्रतिनिधि) भएकाले उनलाई ५० प्रतिशत बढी कैद तथा जरिवाना हुने व्यवस्था छ । साथै पीडित महिलालाई १० हजार क्षतिपूर्ति भराउनु पर्नेछ ।

गत वर्ष पोखरा २४ कै वडा सदस्य मैयाँ नेपालीले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसूरमा आफ्नै वडाध्यक्ष अधिकारीलाई कारबाही माग गर्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । अदालत छिरेको उक्त कसूरमा न्यायाधीश ऋषिराज आचार्यको इजलासले १ लाख ५० हजारमा रुपैयाँमा अधिकारीलाई धरौटीमा रिहा गर्ने आदेश दिएकोमा लामो अनुसन्धानपछि अन्ततः उनलाई जेल सजाय फैसला सुनाइएको हो ।

पोखरा–२४, कास्कीकोट निवासी अधिकारी स्थानीय तह निर्वाचन, २०७९ मा नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । वडाका अन्य ४ सदस्य नेकपा (एमाले) बाट निर्वाचित भएका थिए ।

वडा सदस्य मैयाँ नेपालीलाई वडाध्यक्ष अधिकारीले जातीय भेदभाव गरेको भन्दै न्याय दिलाउन उत्पीडित समुदाय संघर्ष समिति कास्की नै गठन भएको थियो । सबै दलनिकट उत्पीडित समुदायका संघसंगठन तथा दलितसँग सम्बन्धित संस्थाले जातीय दुव्र्यवहारजन्य घटनाविरुद्ध संघर्षको अगाडि बढाउने निर्णय गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width