माछापुच्छ्रे बैंकको अध्यक्षमा पोखराका रोशन केसी, उपेन्द्र महतोले दिए राजीनामा

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०८०
roshan kc

पोखरा ।  माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् ।

अध्यक्ष पदबाट डा। उपेन्द्र महतोले राजीनामा दिएपछि केसी अध्यक्षमा नियुक्त भएका हुन् । केसी पोखरा महानगरपालिका ७ का स्थायी बासिन्दा हुन् । उनी माछापुच्छ्रे बैंकका संस्थापक सूर्यबहादुर केसीका छोरा हुन् ।

मंसिर ७ गते सञ्चालक समितिसमक्ष महतोले राजीनामा दिएका हुन् । उनी गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापकसमेत हुन् ।

उनको राजीनामा समितिले स्वीकृत गरेको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width