पोखराको दृष्टिविहीन आश्रममा आगलागी, ९ लाख नगदसहित सामान जले

आदर्श समाज सम्वाददाता
मंसिर १, २०८०
aagalagi

पोखरा । पोखरा । पोखरा महानगरपालिका २९ को घोतघोतेमा रहेको दृष्टिविहीन आश्रममा आगलागी भएको छ । आगलागीका कारण ३० लाखभन्दा बढीको धनमाल क्षति भएको बताइएको छ । पाँच कोठे भवन जलेर नष्ट भएको दृष्टिविहीन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

दृष्टिविहीन र अपाङ्गता भएकाहरू सहित ३० जना आश्रममा बस्दै आएका थिए । उनीहरुले बजारमा बेच्ने अगरबत्ती, कपुर, पेन्सल, डस्पेन, फिनल, हर्पिक, अबिर, केसरी लगायतका सामग्रीहरू जलेर नष्ट भएका हुन् । विक्रीका लागि तयारी अवस्थामा रहेको उत्पादन ३४ लाखको क्षति भएको हो ।

तिहारमा उनीहरुले विक्री गरेर आश्रममा राखेको ९ लाख रुपैयाँ पनि जलेको छ । घरको भवनको करिब २५ लाख र खाद्यान्न २१ लाख बराबरको क्षति भएको सुबेदीले बताए । घर जलेपछि अपाङ्गता भएकाहरूको बिचल्ली भएको छ ।

गण्डकीका पूर्व मुख्यमन्त्री एव‌ं एमाले संसदीय दलका नेता खगराज अधिकारले आगलागीस्थलमा पुगेर पीडितलाई सहानुभूति दिएका छन् । उनले भनेका छन्, पोखरा-२९ घोतघोतेमा बुधबार रातl एक घरमा आगलागी हुँदा करिब ३० लाख बराबरको क्षतl भएको छ । नेत्रहीन परिवारले देउसी र आफैले बनाएका सामान बेचेर जम्मा गर्नुभएको नगद र घर भित्र रहेका सामान जलेर नष्ट भएका छन् । आज उहाँहरुको घरसम्म पुगेर मल्हम लगाउने प्रयास गरेको छु । र उहाँहरुको परिवारलाई आवश्यक सहयोगका लागि पहल पनि रहने नै छ । उहाँहरुको दैनीक जीविका चलाउन सक्ने बनाउन सबैले हातेमालो गरौं ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…
  • विदेश छोडेर कागती खेती

    रामकुमार श्रेष्ठ कार्तिक ७, २०८१
    नवलपुर । कावासोती नगरपालिका १७, गोछडाटार निवासी सागर लम्साल विदेशको जागिर छाडेर स्वदेशमै एक बिगाहा क्षेत्रफलमा कागती खेती गरेर रमाएका…

hero news full width

trending post

ट्रेन्डिङ्ग