पोखरा। पर्यटकीय नगरी पोखरामा बुधबार आयोजित १६ औं भाइटिका महोत्सवमा देशविदेशका ६८ जना पर्यटकले उत्साहप्रद रुपमा सहभागिता जनाएका छन् ।
होटल संघ पोखरा नेपालले आयोजना गरेको यो महोत्सवमा नेपालसहित १५ देशका पर्यटक सहभागी भएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । अमेरिका, अष्ट्रेलिया, इजरायल, वेलायत, जापान, डेनमार्क लगायत देशका पर्यटकले टिका लगाएका थिए ।
संस्कृति बचाऔं, पर्यटन प्रबद्र्धन गरौं भन्ने नाराका साथ होटल संघ पोखरा नेपालले तिहारका अवसरमा यस्तो महोत्सव आयोजना गर्दै आएको छ । लेकसाइड स्थित होटल ल्याण्डमार्कमा यो पटक महोत्सव भएको थियो । रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले पर्यटकलाई टिका लगाइदिएका थिए । टिका र माला लगाएपछि टोपी, सल र सेलरोटी लगायतका उपहार पर्यटकलाई प्रदान गरिएको थियो । छात्राहरुले महोत्सवमा देउसी भैलो गीत गाए अनि नाचगान देखाए । रमाइलो मान्दै पर्यटक पनि उनीहरुसँगै सहभागी भए ।
संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै पर्यटन क्षेत्रमा आसा छर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । नेपाली संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गरी स्वदेशी तथा विदेशी पर्यटकहरुविच आपसी भाइचाराको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई परिचित गराउने उद्धेश्य पनि महोत्सवले लिएको उनले बताए ।
कोभिड १९ लगायत विविध कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुवेदीले पर्यटन पुनरुत्थानमा समेत महोत्सवले सघाउने विश्वास व्यक्त गरे । विदेशी पाहुनाहरुले उत्सुकतापूर्वक महोत्सवमा भाग लिएको र टिका लगाई नाचगानमा रमाएको महोत्सवका संयोजक एवं संघका सचिव पार्वता पाण्डेले जानकारी दिइन् ।
Related News
सम्बन्धित समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
hero news full width
मुख्य समाचार
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०७१ सहसचिव सरुवा हुँदा प्रदेश सचिव फेरिए
मंसिर ११, २०८०