तस्बिरहरु : सञ्जय शाक्य
पोखरा । मौलिक नेपाल संवत् ११४४ को अवसरमा पोखरामा ¥यालीसहित विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
नेवा खलः कास्कीले मौलिक तथा राष्ट्रिय संवतलाई विशेष रूपमा मनाउने गरी भिन्तुना र्याली आयोजना गरेकोसहित विविध कार्यक्रम गरेको हो ।
नेवा छेः मा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ्गले नेवारी समुदायले शरिरको पूजा गरेर मनाउने यो पर्व (नयाँ वर्ष) विशेष भएको उल्लेख गरिन् । उनले हाम्रा सवैखाले संस्कृतीको संरक्षण र प्रवद्र्धनले मात्र हाम्रो मौलिकता झल्कने धारणा राखिन् ।
कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले राष्ट्रका नाममा राखिएको र प्रचलित नेपाल संवत्लाई राज्यले अपहेलना गरेको धारणा राखे । उनले संसारका कुनै पनि मुलुकमा आफ्नो राष्ट्रका नाममा संवत् नभएको तर नेपालमा भएकोले यसलाई कामकाजी संवत्का रुपमा ल्याउन आवस्यक रहेको वताएका छन् ।
नेवारी समुदायका शंखध्वर शाख्वाको योगदानको कदर गर्दै नेपालमा नेपाल संवत्को सुरुवात भएको हो । उनलाई नेपाल सरकारले राष्ट्रिय विभुतीका रुपमा सम्मान सहित उल्लेख गरेको छ ।
आजैका दिन वेलुका म्हः शरिरको पूजा गर्ने प्रचलन रहेको छ । नेपाल संवत्कै अवसरमा बिहान पोखरास्थित नारायणस्थानमा रहेको राष्ट्रिय विभूति शंखधर शाख्वाको प्रतिमामा माल्यार्पण गरिएको थियो । भने त्यस कास्कीमा रहेका विभिन्न नेवा खलः, नेवा ल्याम्ह पुचः, नेवा कचाँ, नेवा मिसा पुचः नेवा पत्रकार पुच लगायत विभिन्न जातीय समुदायहरूको सहभागितामा पृथ्वीचोकबाट भिन्तुना र्याली सहित नेव छेः कास्कीको हलमा आएर औपचारिक कार्यक्रम सम्पन्न भएको हो ।
पृथ्वीचोकबाट सुरु भएको उक्त ¥याली नयाँबजार, महेन्द्रपुल, पाखिलेचोक, तेर्सापट्टि हुँदै नेवा छेँ कै भवनमा पुगेर समापन भएको थियो । ¥यालीमा सहभागी हुने समूहहरूले जातीय सांस्कृतिक पोसाक सहितको उपस्थित थियो ।
उक्त र्यालीमा उत्कृष्ट हुने समूहहरू मध्ये प्रथम हुनेलाई २५ हजार, द्वित्तीय हुनेलाई ७ हजार र तृतीय तथा सान्त्वना हुने समूहलाई नगद रु ५÷५ हजार पुरस्कारको समेत व्यवस्था गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
hero news full width
मुख्य समाचार
पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०