स्याङ्जाको बडहरेमा आँखा शिविर

आदर्श समाज सम्वाददाता
कार्तिक २०, २०८०
eye camp

पोखरा । स्याङ्जाको पुतलीबजार १३, बडहरेस्थित महेन्द्र आधारभूत विद्यालयमा शनिबार आँखा शिविर भएको छ । दरौंखोला सामीप्य समाज पोखराको व्यवस्थापन, एसोसिएसन अन्नपूर्ण नेपालको आर्थिक सहयोग र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर गरिएको हो । शिविरमा २ सय ६५ जनाको आँखा परीषण गरिएकामा मोतिबिन्दु पहिचान भएकाले शल्यक्रियाका लागि रेफर गरिएको छ । उनीहरुको हिमालय आँखा अस्पतालमा निशुल्क शल्यक्रिया हुनेछ । उक्त अवसरमा महेन्द्र आधारभूत विद्यालयमा स्थापित पूर्व विद्यार्थी संगठनले ६० छात्रछात्रालाई १/१ सेट ट्रयाकसुट, विद्यालयलाई २ सेट वाटर पट र १ पोडियम हस्तान्तरण गरेको छ ।

दरौंखोला सामीप्य समाजका अध्यक्ष बोधराज गौतमको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा अन्नपूर्ण एसोसियसन नेपालका अध्यक्ष एवं दरौंखोला सामीप्य समाज पोखराका आजीवन सदस्य धन अधिकारीले गरेका थिए । समाजका सल्लाहकार एवं पूर्व विद्यार्थी संगठनका संयोजक वरिष्ठ सई होतबहादुर रोका, विद्यालयका प्रअ मनबहादुर रोका, समाजका संरक्षक दोबबहादुर कार्की, प्रेमनारायण पौडेल, पूर्व वडाध्यक्ष ख्याम नारायण अधिकारीले शुभकामना राखेका थिए । पुतलीबजार १३ का वडाध्यक्ष जुद्धबहादुर थापा प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सञ्चालन संस्थाका सचिव नम रोकाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • स्वाभिमान सहकारीमा साराबहादुर

    आदर्श समाज सम्वाददाता मंसिर १४, २०८०
    पोखरा । स्वाभिमान बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कमलबहादुुर रेग्मीको…
  • युनिप्स खेल महोत्सव उद्घाटन आज

    आदर्श समाज सम्वाददाता मंसिर १४, २०८०
    पोखरा । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा पाँचौं युनिप्स खेल महोत्सव अन्तर्गत बुधबार फुटबल, कबड्डी, खोखोका…
  • शिशु कल्याणमा वार्षिक खेलकुद

    आदर्श समाज सम्वाददाता मंसिर १४, २०८०
    पोखरा । पोखरा १७ छोरेपाटनस्थित शिशुकल्याण इङ्लिस स्कुलमा वार्षिक खेलकुद कार्यक्रम सञ्चालन गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष…
  • पाल्पाली सहकारी र मणिपालबीच सम्झौता

    आदर्श समाज सम्वाददाता मंसिर १४, २०८०
    पोखरा । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था र मणिपाल शिक्षण अस्पतालबीच कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजनामा सम्झौता भएको छ । अस्पतालले…
  • पर्वतीय दिवसमा पर्वतीय महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १४, २०८०
    पोखरा । संयुक्त राष्ट्र संघले सन् २००३ देखि अन्तर्राष्ट्रिय पर्वतीय दिवस’ मनाउन सुरु ग¥यो । प्रत्येक वर्ष ११ डिसेम्बरमा हिमाल…

hero news full width

trending post