कास्की  दरवारमा  फूलपाती सहितको डोली  भित्र्याइयो

आदर्श समाज सम्वाददाता
कार्तिक ४, २०८०
कास्की दरवारमा फुलपाती सहितको डोली भित्राइयो (4)

पोखरा । कास्कीकोट दरबारमा रहेको गुप्तकालिका मन्दिरमा विश्व शान्तिको कामना गर्दै जारी नवदुर्गा  महोत्सवमा  सप्तमिको दिन आज विधिवत रुपमा फूलपत्रको डोली प्रवेश गराइएको छ ।

पोखराको राम घाटबाट ल्याइएको फूलपत्र सहितको डोली मन्दिर प्रवेश गराइएको हो । फूलपत्र वडाइँ गर्दै कुवँर जातिले यहाँ परापूर्व कालदेखि सैन्य अभ्यास सरुन खेल प्रदर्शन गरेको थिए ।  गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा बडा दशैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म महोत्सव सञ्चालन भएको हो ।

परापूर्व कालदेखि तान्त्रिक तथा वैदिक पूजा हुँदै आएको  मन्दिरमा ्विश्वमा भैइरहेको युद्ध तथा प्राकृतिक प्रकोपबाट मानवीय तथा भौतिक क्षति नहोस् भन्दै शान्तिको कामनार्थ  घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालीकाको पूजा गरेको  धार्मिक क्षेत्रविकास समितिका अध्क्षय दिलीप विक्रम शाहीले बताए ।

घटस्थापनाको दिन असोज २८ गते विधिवत रुपमा कोतमा प्रवेश गरी नवदुर्गाभर विशेष रुपमा चण्डी पाठ दुर्गा कवच भइरहेको  धार्मिक क्षेत्रविकास समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले बताए  । त्रिपाठीका अनुसार कास्कीकोट गुप्तकालिका मन्दिरमा परापूर्व कालदेखि पर्व विशेषमा विभिन्न गतिविधि सञ्चालन हुँदै आएका छन् ।

यस वर्षको बडा दशैंको १० दिन सम्म कोतघरमा पाणा पूजारीसहित विश्व शान्तिको कामना गर्दै विशेष पूजा गरिने भएको हो । बडा दशैंको फूलपातीमा पोखराको रामघाट वाट लगेको फुलको डोली विधिवत मन्दिर प्रवेश गराएर नवपत्रिकाको तान्त्रिक पूजा गरिएको त्रिपाठीले बताए ।  अष्ठमीको दिन मध्यरातमा कालरात्रिको पूजा र नवमीमा पञ्चवली दिने गरिन्छ ।  दशमीमा  मन्दिरमा टिका ग्रहण गरी वास्पानीकालीकामा फूलपत्र सहित पूजा  विर्सजन हुने छ ।

आज सप्तमीका दशैको बेलामा बजाइने नगरा, सत्रौँ शताब्दीका ढाल तरबारहरू लगायत तोपहरूको समेत प्रदर्शन गरिएको थियो ।

यहाँ पूजा र पञ्चबली भाकल गर्नेहरूको दैनिक भिड लाग्ने गर्छ । गुप्तकालीका मन्दिरमा कास्की राज्यको स्थापनासँगै यहाँ हरेक दसैँमा विशेष पूजा हुँदै आएको छ । यस ठाउँबाट नै कास्की जिल्लाको नामकरण भएको मानिन्छ ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…
  • विदेश छोडेर कागती खेती

    रामकुमार श्रेष्ठ कार्तिक ७, २०८१
    नवलपुर । कावासोती नगरपालिका १७, गोछडाटार निवासी सागर लम्साल विदेशको जागिर छाडेर स्वदेशमै एक बिगाहा क्षेत्रफलमा कागती खेती गरेर रमाएका…

hero news full width

trending post

ट्रेन्डिङ्ग