विन्ध्यवासिनी नवदुर्गा महोत्सव 

आदर्श समाज सम्वाददाता
असाेज २९, २०८०
bindhyabasini fest (6)

पोखरा। बडादसैं अवसरमा पोखरामा विन्ध्यवासिनी नवदुर्गा महोत्सव सुरु भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति आयोजनामा घटस्थापनादेखि सुरु महोत्सव नवमीसम्म सञ्चालन हुनेछ ।

पर्व विशेषमा विभिन्न गतिविधि गर्दै आएको विन्ध्यवासिनीले २०६४ सालदेखि विन्ध्यवासिनी नवदुर्गा महोत्सवलाई निरन्तरता दिँदै आएको हो । महोत्सव अवसरमा नवदुर्गाभर बिहान संगीतमय झाँकीसहितको श्रीमद्देवी भागवत् ज्ञानमहायज्ञ हुनेछ भने दिउँसोदेखि साँझसम्म नवदुर्गाको महिमासम्बन्धी दार्शनिक व्यक्तिद्वारा प्रवचन हुने समितिका सचिव तीर्थ श्रेष्ठले बताए ।

आइतबार महोत्सव सुरु हुनुअघि विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा निकालिएको थियो । शोभायात्राले सहरका विभिन्न भाग परिक्रमा गरेको छ । मन्दिरदेखि सुरु शोभायात्रामा नवदुर्गाका ९ रुपमा सिंगारिएका नवकन्यासहितको रथ, झाँकी प्रस्तुत गरिएको थियो । साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, राष्ट्रिय सेवा दल, बटुकहरु, जलकलशसहित मातृशक्ति, विभिन्न आमा समूहहरु, सामाजिक, धार्मिक, जातीय, सांस्कृतिक, बैंक वित्तीय तथा सहकारी, शैक्षिक संघसंस्था, भजन समूह, उद्योग वाणिज्य तथा वस्तुगत संघलगायत सर्वसाधारणको बाक्लो उपस्थिति थियो । शोभायात्रा मोहरिया टोल, भैरवटोल, भीमसेनटोल, नालाकोमुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्ण टोल, गणेशटोल हुँदै विन्ध्यवासिनी मन्दिर प्रांगणमा पुगेर समापन भएको हो ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति सचिव तीर्थ श्रेष्ठले सहभागीलाई धन्यवाद ज्ञापन गरे ।

मध्यान्हपछि संगीतमय झाँकीसहित प्रवचन भएको थियो । जसमा विन्ध्यवासिनी गुरुकुलका पूर्व विद्यार्थी पण्डित हरिशरण पौडेलले प्रवचन दिएको साँझ आरतिसँगै पहिलो दिनको कार्यक्रम समापन भएको प्रचार संयोजक दीपेन्द्र श्रेष्ठले बताए । अब नवदुर्गाभर बिहान ९ देखि १२ बजेसम्म ज्ञानमहायज्ञ र दिउँसो २ देखि ४ बजेसम्म विभिन्न विद्वानहरु विन्ध्यवासिनी पीठाधीश स्वामी निशेषानन्दजी महाराज, दार्शनिक वक्ता डा. भोलानारायण रेग्मी, जगन्नाथ रेग्मी, कृष्णानुरागी आचार्य, पशुपति पौडेलले कथा वाचन गर्ने छन् । यज्ञमा कर्ता चन्द्ररमण पराजुली, उपवाचक चिन्तामणि पौडेल, गणेशश्री सृजन जोशी रहेका छन् ।

महोत्सव सफल पार्न समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठ संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । साढे २ सय वर्ष पुरानो अनुमान गरिएको विन्ध्यवासिनी मन्दिर पोखराको प्रमुख शक्तिपीठ हो ।

यस क्षेत्रको शैक्षिक, स्वास्थ्य, प्रशासनिक, सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा समेत विन्ध्यवासिनीले परिचय बनाएको छ । यो मन्दिरको संरक्षण र विकास गर्ने उद्देश्यले २०४३ सालमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति स्थापना भएको हो । समितिकै पहलमा विभिन्न भौतिक संरचना समेत निर्माण भएका छन् । तर कोरोनापछि आर्थिक मन्दीका कारण मन्दिरमा भेटी संकलन आधाजसोले घटेको समितिले जनाएको छ । विगतमा दैनिक एक लाखसम्म भेटी संकलन हुने गरेकोमा अचेल ५० हजार हाराहारीमा मात्र भेटी संकलन हुने समितिका सचिव तीर्थ श्रेष्ठले बताए । मन्दिरका १४ पुजारीसहित ६५ कर्मचारीको तलब र सबै व्यवस्थापनमा गरी २३ लाख जति मासिक खर्च हुने गरेको समितिले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग