पोखरा । पाल्पाको मौलिक तथा कलात्मक उत्पादन बजारीकरण गर्न पोखराको न्युरोडमा खोलिएको पाल्पा हाउस (पाल्पाली कोसेलीघर) प्रालिको दोस्रो साधारण सभा भएको छ । सभाले अध्यक्ष कुलप्रसाद घिमिरेले प्रस्तुत गरेको सञ्चालक समितिको प्रतिवेदन तथा आगामी रणनीति र लेखाको जिम्मेवारी लिएका कम्पनी सञ्चालक नारायणप्रसाद पौडेलले पेस गरेको आयव्यय विवरण सुधारसहित पारित गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवं पाल्पाली समाज पोखराका पूर्व अध्यक्ष चिरञ्जीवी श्रेष्ठले संस्थाले नाफा कमाउने मात्र नभएर सामूहिक र संस्थागत रुपमा सामाजिक काम गरेको बताए ।
कम्पनी अध्यक्ष घिमिरेले पाल्पासँग जोडिएको भए तापनि सबैको साझा व्यावसायिक संस्था भएको बताए । उनले पाल्पाली चिनारी ढाका, करुवा, हस्तकला लगायत कृषिजन्य उत्पादन एकै थलोबाट बिक्री वितरण गर्ने योजना सुनाए ।
पाल्पाली समाज पोखराका अध्यक्ष बालचन्द्र परियारले समाजको अलावा पाल्पा हाउस, पाल्पाली बहुउद्देश्यीय सहकारी र पाल्पाली कोलोनी पोखरामा क्रियाशील भएको बताए । कार्यक्रममा पाल्पाली समाज पोखराका पूर्व अध्यक्ष एवं कम्पनी सञ्चालक नारायणप्रसाद पौडेल, पाल्पाली समाजका निवर्तमान अध्यक्ष एवं पाल्पाली कोलोनी प्रालि अध्यक्ष रेशम थापा, पाल्पाली समाजकाा पूर्व अध्यक्ष जगदीश गौतम, समाजका सल्लाहकार संयोजक जनपुकार मुनकमीर्, पाल्पा हाउसका सदस्य–सचिव श्रीधर पराजुलीले पाल्पा हाउसबारे बोलेका थिए । कार्यक्रममा कम्पनी सञ्चालकहरुलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो । कम्पनीमा हाल ७६ सेयर सदस्य छन् ।
अहिले पाल्पा हाउसबाट पाल्पाली बहुउद्देश्यीय सहकारीको एकीकृत कारोबारसहित पाल्पाली समाज पोखराको सचिवालय सञ्चालित छ । कम्पनीले पाल्पाली मौलिक परिकारसहितको रानीमहल रेष्टुरेन्ट सञ्चालन गरिरहेको छ भने १७ सटरमा विभिन्न प्रकारका व्यवसाय पनि संचालन गरिरहेको कम्पनी अध्यक्ष कुलप्रसाद घिमिरेले बताए ।
Related News
सम्बन्धित समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
गण्डकी बोर्डिङका विद्यार्थी वृद्धाश्रममा (फोटो फिचर)
सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
hero news full width
मुख्य समाचार
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०७१ सहसचिव सरुवा हुँदा प्रदेश सचिव फेरिए
मंसिर ११, २०८०एक्यापको मनोमानी कहिले हट्छ ?
मंसिर १०, २०८०भूकम्प प्रभावितका लागि अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता
मंसिर १०, २०८०गण्डकीको दोस्रो आवधिक योजनामा सांसदको सुुझाव : नारा हैन योजनाको मोडल फेरौं
मंसिर १०, २०८०