पोखरा । पोखरा वडा १६, १९ र नवआदर्श सामुदायिक विकास समाज तथा मातृशिशु मितेरी अस्पतालबीच निशुल्क एम्बुलेन्स सेवा सञ्चालनबारे सम्झौता भएको छ ।
वडा कार्यालयको आमा पोषण कार्यक्रमअन्तर्गत नागरिकलाई महानगरभित्रका अस्पताल पुग्न नवआदर्शले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भयो । सम्झौतापत्रमा वडा अध्यक्षद्वय अमृत शर्मा तिमिल्सिना र पुष्पेन्द्र पाण्डे तथा समाजका अध्यक्ष स्वागतसिंह भण्डारी र अस्पतालका स्वास्थ्य सेवा प्रमुख धर्मदेव ढकालले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार नवआदर्शले वडा १६ र १९ वासीलाई अस्पताल लैजान निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ । उपचारपश्चात् घर फर्कनुपरेमा एम्बुलेन्स तथा उपचारक्रममा मृत्यु भएमा शववाहन सेवासमेत समाजले उपलब्ध गराउनेछ । सेवाबापत वडा कार्यालयहरूले समाजलाई भुक्तानी दिनेछ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहवरमा गरिएको उक्त सम्झौता १ वर्षसम्म कायम रहनेछ ।
महानगर प्रमुख आचार्यले स्वास्थ्य सेवामा नगरवासीको सहज पहुँच पु¥याउन यसप्रकारका समझदारीले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।
पोखरा महानगरपालिकाद्वारा सञ्चालित शिशुवा अस्पतालले पनि अत्याधुनिक एम्बुलेन्स सेवा प्रदान गरिरहेको छ । नागरिकको स्वास्थ्य सेवाका लागि पोखरा महानगरपालिकामातहतमा १ अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्र, १९ स्वास्थ्य चौकी, २ आयुर्वेद औषधालय, १ सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, २३ सहरी स्वास्थ्य केन्द्र सञ्चालित छन् ।
Related News
सम्बन्धित समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
सरस्वतीमा दन्त शिविर
जीविका सहकारीको सभा
‘दोष संविधानको हैन, सरकारको’
गैराथर सिल्पा सडकको उद्घाटन
hero news full width
मुख्य समाचार
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०पोखरासहित गण्डकीका शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार
असाेज २, २०८०