थकाली सेवा समितिमा सम्मान

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०८०
thakali

पोखरा । थकाली सेवा समिति क्षेत्रीय कार्यालय पोखराले समितिमा आबद्ध ज्येष्ठ नागरिक र विद्यार्थीलाई सम्मान गरेको छ ।

संस्थाको ६१ औं वार्षिक साधारण सभाको उद्घाटन् समारोहमा ८० वर्ष काटेका ६ जना ज्येष्ठ नागरिकलाई अभिनन्दन तथा २०७० साल यता विभिन्न विषयमा स्नाकोत्तर (मास्टर्स) गरेका १७ जना विद्यार्थीलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समितिका ज्येष्ठ सदस्य ९९ वर्षीय पदमबहादुर गौचन र समितिका अध्यक्ष इन्जिनियर रुजिन्द्र तुलाचनले दोसल्ला आढाएर अभिनन्दन तथा सम्मानपत्र प्रदान गरेका थिए ।

यसैगरी ५, ८, १० र १० जोड २ को परीक्षा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने ७ जना छात्रछात्रालाई जनही ५ हजार नगदसहित सम्मानपत्र दिइएको छ ।

प्रमुख अतिथि पदमबहादुर गौचनले ज्येष्ठ नागरिकको रुपमा सम्मानित हुँदा र सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।

कार्यक्रममा समितिकिा पूर्व केन्द्रीय सल्लाहकार डा. सोमत सिंह तुलाचन, संघीय सांसद विमल गौचन, पूर्व सांसद प्रेमप्रसाद तुलाचन तथा पूर्व अध्यक्ष विश्वमोहन गौचनले शुभकामना मन्तव्य राखेका थिए ।
समितिका अध्यक्ष रुजिन्द्र तुलाचनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सल्लाहकार किरण भट्टचनले स्वागत तथा अशोककुमार भट्टचन र सहसचिव भक्त शेरचनले सञ्चालन गरेका थिए ।
साधारण सभाले सचिव अशोककुमार भट्टचनबाट प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष गोपी तुलाचनबाट प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको थियो । साधारण सभाले पुरानो क्हुण्डल (स्वयंसेवक) समूहलाई बिदाइ गरी नयाँ क्हुण्डल १० जना चयन गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • स्थानीयका कर्मचारी पनि आन्दोलित

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । आफूहरूको माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी थालेका…
  • संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    पोखरा । संविधानको मर्म र भावनाअनुरुप जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न संघीयताको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ…
  • कानुन कार्यान्वयनका लागि हो

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    विश्वले राम्रो भनेको संविधान हामीले नराम्रो कसरी भन्ने ? त्यति ठुलो युद्ध र आन्दोलनबाट निर्माण भएको संविधान जति खारिनुपर्ने हो,…
  • हाम्रो यात्रा विब्प्याँटो छ

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    मेरो दृष्टिकोणमा जुन संविधानलाई स्वीकार गरेर यहाँ आइपुग्यौं, अब रोकिएर सबैभन्दा पहिले नमिलेका कुरा मिलाउनुपर्छ । हामी विब्प्याँटो बाटोमा हिँडेका…
  • नियम बन्यो, नियत फेरिएन

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    संविधान एक पटक निर्माण गरेपछि सधैंका लागि तृप्त हुने कुरा होइन । आवश्यकता र परिवेश अनुसार संशोधन हुनुपर्ने हो ।…

hero news full width