अल्फा एकेडेमीमा तीज गीत

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०८०
teej

पोखरा । अल्फा एकेडेमीमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । कक्षागत रूपमा भएको प्रतियोगितामा कक्षा १० र ७ का विद्यार्थी प्रथम स्थान ओगट्न सफल भए । कक्षा ९ दोस्रो, कक्षा ८ तेस्रो र कक्षा ३ ले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा कुल १२ समूह सहभागिता थिए । प्रतिस्पर्धीबाहेक विद्यार्थी तथा शिक्षकले प्रस्तुति राखेका थिए ।

कक्षा नर्सरीकी शिक्षिका अनिता भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षिकाहरु ज्योति रानाभाट, पार्वती पतानी र आरती सापकोटा निर्णायकको भूमिकामा थिए । स्थानीय समाजसेवी मायादेवी रानाभाटको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन शिक्षिका शकुन्तला लम्साल र संगीता ओझाले स्वागत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width