सचेतनाबाटै आत्महत्या रोक्न सकिन्छ : मुख्यमन्त्री पाण्डे

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०८०
cm photos

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आत्महत्या रोकथामको मुख्य उपाए सचेतना भएको बताएका छन् । ‘एउटै, यही कारणले मानिसले आत्महत्या गरिरहेका छन् भन्ने यकिन छैन, त्यसभित्र बिभिन्न कारणहरु छन्’ आत्महत्या रोकथामका लागि नीति निर्माताहरु तथा सरोकारवालाबीच पोखरामा  सोमबार भएको छलफल कार्यक्रममा मुख्यमन्त्री पाण्डेले भने ‘आत्महत्या न्यूनीकरण र निरुत्साहित गर्ने मुख्य काम सचेतनले गर्छ ।’

गण्डकी प्रदेश भित्र दैनिक २ देखि ३ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्क छ । आत्महत्या एउटा मानसिक रोग भएको बताउँदै मुख्यमन्त्री पाण्डेले भने ‘आत्महत्या कम गर्न, मानिसलाई यसतर्फ निरुत्साहित गर्न उपचार गराउने भने सचेतना जगाउने हो ।’

आत्महत्या न्यूनीकरणका क्षेत्रमा काम गर्ने संघ संस्थासँगको सहकार्यमा यसको रोकथाम र निरुत्साहित गर्न प्रदेश सरकारलेपनि कार्यक्रम संचालन गर्ने उनले बताए । ‘मानसिक रोगको उपचार गर्ने छुट्टै अस्पताल तत्काल प्रदेशको साधन स्रोतबाट बनाउन नसकिएला’ मुख्यमन्त्री पाण्डेले भने ‘तर अस्पतालहरुमा मानसिक रोगको उपचार गर्ने युनिट राखेर सेवा दिनुपर्छ ।’ प्रदेश सरकारले आफ्नो साधन, स्रोत र क्षमताले भ्याएसम्म आत्महत्या निरुत्साहित गर्ने, मानसिक रोगको सहज उपचारको ब्यवस्था गर्ने उनले बताए ।

विकसित देशहरुमापनि आत्महत्याको घटना धेरै हुने गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले आत्महत्या गरिबीको कारण मात्र नभएको बताए । आत्महत्याका घटना, यसका कारण पहिचान गरेर सरोकारावाला सबैको सहकार्यमा गण्डकी प्रदेश भित्र आत्महत्या न्यूनिकरणको कार्यक्रम संचालन गरिनेमा उनले जोड दिए ।

सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक संघ संस्था, नागरिक समाज लगायत सरोकारावाहरुको उपस्थिति थियो । ‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने नारा सहित विश्व आत्महत्या रोकथाम दिवस २०२३ आइतबार र सोमबार बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा खटिए नयाँ नगर प्रहरी

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    पोखरा । पोखरा महानगरपालिकामा नयाँ भर्ना भएका नगर प्रहरी सोमबारदेखि कार्यक्षेत्र प्रवेश गरेका छन् । महानगरले ४८ जना नगर प्रहरीहरु…
  • साहस सहकारीको दोस्रो साधारण सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा। साहस बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो साधारण सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष शेरबहादुर क्षत्रीको सभापतित्व एवम् पोखरा महानगरपालिका…
  • कोलपाटन सहकारीको साधारण सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । कोलपाटन बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारण सभा शनिबार भएको छ । कार्यक्रम पोखरा महानगरपालिका सहकारी…
  • चापापानी सिद्वार्थ सहकारीमा दीपक

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा १२ पुरानोधारामा रहेको चापापानी सिद्वार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौ साधारण सभा तथा पाँचौ अधिवेशनले…
  • गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । गण्डकी प्रदेशका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । २०८० वैशाखमा नियुक्त भएका मुख्यमन्त्रीदेखि मन्त्रीहरुले ६० दिनभित्रै सम्पत्ति…

hero news full width