पोखरा । सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारले गत २० साउनमा सय दिनको उपलब्धि सार्वजनिक गर्यो । सरकारले ४६ बुँदे उपलब्धि सार्वजनिक गरेयता मन्त्रीहरुले समेतले सय दिने उपलब्धि लगालग सार्वजनिक गर्न थालेका छन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले केही दिनअघि उपलब्धि गरेकोमा सरकारकै प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले पनि बुधबार उपलब्धि सार्वजनिक गरिन् । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले पनि पत्रकार डाकेर फेहरिस्त सुनाइसकेकी छन् ।
नेपाली कांग्रेसकी अर्याल गत १४ वैशाखमा पाण्डे नेतृत्वको सरकारमा विनाविभागीय मन्त्री नियुक्त भएकी थिइन् । नेपालको संविधान धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त पाण्डेले अर्यालसहित माओवादी केन्द्रबाट सुशीला सिंखडालाई लिएर क्याबिनेट बिस्तार गरेका थिए । गण्डकीमा हाल ७ सदस्यीय मन्त्रिमण्डल कायम छ । तीमध्ये अर्यालले सम्हालेको ऊर्जा मन्त्रालयले अन्य मन्त्रालयको तुलनामा सबैभन्दा धेरै वित्तीय प्रगति हासिल गरेको दाबी गरेको छ ।
पत्रकार सम्मेलनमा मन्त्री अर्यालले आपूmले मन्त्रालय सम्हालेयता प्रदेशमा खानेपानी, सिँचाइ, नदी नियन्त्रण, ऊर्जामा उल्लेख्य प्रगतिका काम भएको दाबी गरिन् । उनले भनिन्, ‘जहाँ खानपानी असुविधा थियो, डोकोमा पानी बोक्नुपर्ने अवस्था थियो, त्यहाँ लिफ्टिङ खानेपानीको योजना पार्दा तथा कुस्माको पाङमा सुकेको पानी मुहान सर्भे गरेर पानी निकाल्ने काम गर्व गर्नलायक कार्य हो ।’ खानेपानी लिन खोला नदीमै पुग्नुपर्छ भन्ने छैन, डाँडाकाँडामा सुुकेका मुल ब्युँताउन सकिँदोरहेछ भन्ने सर्भेबाट थाहा भएको उनको भनाइ थियो । २ सय ४० लिफ्टिङ खानेपानी योजनामा मन्त्रालयले विद्युत महसुलमा करिब २ करोड रकम अनुदान, एक घर एक धारा कार्यक्रमलाई निरन्तरता, खानेपानी मुहान संरक्षण कार्यको लागि बजेट विनियोजन, घण्टौसम्म डोकोमा गाग्री बोक्नुपर्ने बाध्यता अटाउने अभियानको सुरुआत भएको जनाएको छ ।
डाँडाकाँडामा सुुकेका मुल ब्युँताउन सकिँदोरहेछ
उज्यालो गण्डकी कार्यक्रमअन्तर्गत हालसम्म ९९ प्रतिशत घरधुरीमा बिजुली पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म २ हजार ८ सय ८४ घरधुरीमा बिजुली पुग्न बाँकीमध्ये ढोरपाटन ६, छेन्तुङका करिब ३ सय ९१ घरधुरीमा घरेलु सौर्य ऊर्जा जडान सुरुआत भएको मन्त्री अर्यालले बताइन् । उज्यालो गण्डकी कार्यक्रम यो वर्षभित्रै घोषणा गरिने मन्त्रालयको योजना छ । एक घर एक धारा कार्यक्रमअन्तर्गत प्रदेश स्थापना भएपछि १ लाख ३० हजार घरधुरीमा धारा जडान गरिएको छ । साथै खानेपानी आयोजनाको तथ्यांक संकलन गरी व्यवस्थित अभिलेखीकरण गर्न खानेपानी सरसफाइ तथा स्वच्छता कार्ययोजना सुरु भएको जनाइएको छ ।
साथै, लिफ्टिङ सिंचाइ योजनाको विद्युत महसुलमा अनुदान, बाह्रैमहिना सिंचाइ सुविधा पु¥याउने नीति, ५ सय १५ हेक्टरमा सिंचाइ सुविधा, जलाशययुक्त आयोजना सुरु गरी जलविहार सञ्चालन गर्ने नीतिलाई उपलब्धि भएको ठानेको छ ।
नदी नियन्त्रण, पहिरो नियन्त्रण तथा आपतकालीन बाढी नियन्त्रणमा १३ दशमलब ८ किमी तटबन्ध निर्र्माण, कालीगण्डकी नदी नियन्त्रणसम्बन्धी २८ करोडको योजना स्वीकृत, आँधीखोला नियन्त्रणका लागि करिब २० करोडको योजना स्वीकृत भएको मन्त्रालयले जनाएको छ । तर गण्डकी प्रदेश सिंचाइ नियमावली, २०८० (मस्यौदा) माथि छलफल तथा गण्डकी सिंचाइ गुरुयोजना तयार गरिने विषय, गण्डकी प्रदेश ऊर्जासम्बन्धी ऐन विधेयक मस्यौदा तयारीलाई पनि मन्त्रालयले उपलब्धि नै ठानेको छ ।
Related News
सम्बन्धित समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
आलु खेतीमा कास्कीको फड्को
मंसिर १५, २०८०राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
मंसिर १४, २०८०हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मंसिर १४, २०८०गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
मंसिर १३, २०८०फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०