कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’

आदर्श समाज सम्वाददाता
जेठ २७, २०८०
Education Photo

पोखरा।  कोभिड–१९ को महामारीका कारण शिक्षण सिकाइमा ठूलो असर ग¥यो । विद्यालय बन्द थिए । लामो समयसम्म विद्यालयको नियमित पठनपाठन अवरुद्ध भयो । नियमित विद्यालय नहुँदा छलफल तथा अन्तरक्रिया भएन । सोही समस्यालाई मध्यनजर गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्र सिकाइको क्षतिको आपूरण नगरेसम्म प्राज्ञिक कार्य सम्पादन मजबुद नहुने निष्कर्षमा पुग्यो ।

यसैका लागि नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालले सिकाइ आपूरण तथा द्रुत सिकाइ योजना रियल प्लान कार्यान्वयनमा ल्याएको छ । शुक्रबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै केन्द्रका महानिर्देशक चूणामणी पौडेलले शिक्षाका क्षेत्रमा विभिन्नका कार्यक्रम सञ्चालन गरिएको बताए । शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन रियल प्लान, पढ्दै कमाउँदै जस्ता कार्यक्रमको अवधारणा अघि सारिएको महानिर्देशक पौडेलले जानकारी दिए ।
सोही अनुसार मन्त्रालय मातहतको केन्द्रले बालबालिकाको सिकाइ क्षतिको पहिचान गरी उनीहरूलाई सिकाइ सहायता उपलब्ध गराउन नेपाल सरकारले सिकाइ आपूरण र द्रुत सिकाइ योजना निर्माण गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक अर्जुन ढकालले जानकारी दिए । यो कार्यक्रममा स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गरिने उनले बताए ।

यो योजना कार्यान्वयन गर्न कार्यविधि निर्माण गरी अघि बढेको उनले सुनाए । कार्यविधिअनुसार बालबालिकाको क्षति पहिचान गर्न सिकाइ क्षतिको परीक्षण गरी सिकाइ स्तरको वर्गीकरण गर्न यो योजना अघि सारिएको छ । वर्गीकृत विद्यार्थीलाई फरक फरक सिकाइ सहायता उपलब्ध गराउन र पुनः सिकाइको लेखाजोखा गर्दै द्रुत सिकाइलाई बढावा दिन पनि योजनाले सघाउने उनको भनाइ थियो । शिक्षक, प्रधानाध्यापक तथा शिक्षा सम्बद्ध सरोकारवालाहरूमा ज्ञान तथा सिप विकास गर्न पनि योजनाले सघाउने उनले बताए ।

कोभिडका कारण सिकाइमा पछि परेका विद्यार्थी पहिचान गरी आपुरण गरिने

यसमा सिकाइ क्षतिको अवधारणा, सिकाइ स्तर पहिचानका लागि साधनको प्रयोग, विद्यार्थी सिकाइ स्तरको अभिलेखीकरण र वर्गीकरण, सिकाइ आपुरणका लागि योजना र कार्यान्वयन र द्रुत सिकाइसम्बन्धी विषयवस्तुहरू समावेश गरिएको निर्देशक ढकालले जानकारी दिए ।

साथै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले केही विद्यालयहरुमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरेको केन्द्रका निर्देशक सुरेशकुमार जोशीले जानकारी दिए । ‘विद्यार्थीहरुले अब व्यावहारिक कुरामा ध्यान दिनुपर्छ भनेर हामीले पढ्दै कमाउँदै कार्यक्रम सुरु गरेका हौं,’ उनले भने, ‘गत वर्ष १ सय ४० विद्यालयबाट सुरु गरेर अहिले एक सय विद्यालय थप गर्ने योजना छ ।’ कास्की जिल्लामा माछापुच्छ«ेस्थित बराह मावि र पोखराको जनप्रिय माविमा यो कार्यक्रम सञ्चालनमा रहेको उनले बताए ।

केन्द्रका अनुसार देशभर निजी तथा सामुदायिक विद्यालयको संख्या १ लाख ५७ हजार ४ सय ८ रहेको छ । जसमा ४१ हजार ४५ विद्यालय गण्डकी प्रदेशमा छन् । देशभरको शिक्षाको स्तरवृद्धिका लागि नेपाल सरकारले यो वर्ष १ खर्ब ९७ अर्ब विनियोजन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा महाशाखाका उपसचिव घनश्याम अर्यालले जानकारी दिए । शिक्षाका लागि छुट्टिएको बजेटको धेरै रकम वित्तीय हस्तान्तरण अन्तर्गत स्थानीय तहलाई जाने उनले सुनाए । १ खर्ब ३५ अर्ब बजेट स्थानीय तहमा पुग्ने उनको भनाइ थियो ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…
  • विदेश छोडेर कागती खेती

    रामकुमार श्रेष्ठ कार्तिक ७, २०८१
    नवलपुर । कावासोती नगरपालिका १७, गोछडाटार निवासी सागर लम्साल विदेशको जागिर छाडेर स्वदेशमै एक बिगाहा क्षेत्रफलमा कागती खेती गरेर रमाएका…

hero news full width

trending post

ट्रेन्डिङ्ग