सेतीकालीको प्रथम मुखपत्र विमोचन

आदर्श समाज सम्वाददाता
जेठ १५, २०८०
setikali

पोखरा । सेतीकाली साहित्य संगम भीमादले नव वर्षको अवसरमा सेतीकाली साहित्य यात्रा प्रथम मुखपत्र विमोचन गरेको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाट्य मञ्च तनहुँका संस्थापक अध्यक्ष आकाश अधिकारीले मुखपत्र विमोचन गर्दै सेतीकाली साहित्य संगमले भीमाद र यसका आसपासका क्षेत्रहरूको केन्द्रबिन्दुबाट प्रकाशित भएको सेतीकाली साहित्य यात्रा प्रथम मुखपत्रले साहित्यको क्षेत्रमा अर्काे एउटा ऐतिहासिक फड्को मारेको बताए ।

त्रिभुवन विश्वविद्यालय मानवशास्त्रका पूर्व प्रध्यापक सूर्यभक्त सिग्देलले मोफसलमा रहेर नियमित रुपमा पत्रपत्रिका प्रकाशित गर्नु एउटा चुनौतीपूर्ण कार्य भएको बताए । किहुँ अरुणोदय एवं पोखरा कास्कीका अध्यक्ष कृष्णप्रसाद सिग्देलले पत्रिकाका हिमायतीहरूले देखाएको साहसिक कदमको प्रशंसा गरे । नगर उद्योग वाणिज्य संघ, भीमादका अध्यक्ष हस्तबहादुर खड्काले भीमादको गौरव बढाउने काम सेतीकाली साहित्य संगमले गरेकोमा खुसी व्यक्त गरे ।

पत्रिकाका समीक्षक दिवाकर भट्टर्राइले झण्डै १ सय ५० पेज रहेको यो मुखपत्रमा प्राय: स्थानीय लेख रचना समावेश हुनुले स्थानीय साहित्य अनुरागीहरूले यसलाई गहनाको रूपमा लिनेछन् भन्ने अभिप्राय व्यक्त गर्दै झिना मसिना त्रुटिहरू आगामी दिनहरूमा सच्याउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा ग्रिन सिटी भीमादका अध्यक्ष सीमा खड्का, शुक्ला साहित्य संगम दुलेगौंडाका लेखक तथा गजलकार जीवन सागर, माधव अधिकारी, भविष्य निर्माण एकता टोलका महिला समूहका अध्यक्ष लक्ष्मी श्रेष्ठ, विश्वहिन्दु परिषद् भीमादका अध्यक्ष जीवनाथ अर्याल, नेपाल मगर लेखक संघ गण्डकी प्रदेशका अध्यक्ष धीरेन्द्र थापामगर किसानी, जनज्योति नमुना मावि भीमादका प्रधानाध्यापक चन्द्रप्रकाश सुवेदी, गणेश एकेडेमी मालेबगरका प्रिन्सिपल मनबहादुर सारु, भजनकीर्तन मण्डलका अगुवा तुलसी सिग्देललगायत सहभागी थिए । यसैबीच जीवन सागर, सागर गैह्रे, बालकृष्ण गैह्रे, ध्रुवराज सुवेदी, सुरज लम्साल, इन्दिरा खड्का, हरिप्रसाद सुवेदीलगायतले आआफ्ना रचनावाचन गरेका थिए ।

संस्थाका अध्यक्ष नारायण कैलाश सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य धीरेन्द्र थापाले स्वागत, सल्लाहकार सुरज लम्साल धन्यवाद ज्ञापन र ध्रुवराज सुवेदीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गौरीशंकरमा रेडक्रस अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    पोखरा । पोखरा–२५, हेमजास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा मंगलबार रेडक्रस अभिमुखीकरण तथा डेंगु सचेतना भएको छ । क्याम्पसस्थित युवा रेडक्रस सर्कलको…
  • मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    पोखरा । लमजुङको सुन्दरबजार नगरपालिका ६ की ५७ वर्षीय सुकमाया दुराको मनिपाल शिक्षण अस्पतालमा सोमबार उपचारक्रममा मृत्यु भयो । श्वासप्रश्वास…
  • ब्युटीपार्लर एसोसिएसनको संयुक्त सभा

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८०
    पोखरा । ब्युटीपार्लर एसोसिएसन गण्डकी, कास्की र लेखनाथको आइतबार संयुक्त रुपमा साधारणसभा भयो । आर्थिक समृद्धिका लागि सौदन्र्य पेसा आजको…
  • पोखरामा खटिए नयाँ नगर प्रहरी

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    पोखरा । पोखरा महानगरपालिकामा नयाँ भर्ना भएका नगर प्रहरी सोमबारदेखि कार्यक्षेत्र प्रवेश गरेका छन् । महानगरले ४८ जना नगर प्रहरीहरु…
  • नौविसे ओख्लेडाँडा टोलमा ठाकुर

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    लेखनाथ । नौविसे ओख्लेडाँडा टोल विकास संस्था पोखरा–२९ को अध्यक्षमा ठाकुरप्रसाद घिमिरे चयन भए । संस्थाको १३ औं साधारण सभा…

hero news full width