पोखरा । नेपाल प्रेस युनियन कास्कीको १० औं जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको आइतबार पदस्थापन गरिएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मन्त्री दीपेन्द्रबहादुर थापाले प्रमाणपत्र वितरण गरेका गरे । निर्वाचन समितिका संयोजक राजबहादुर गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
जेठ ७ गते भएको नेपाल प्रेस युनियन कास्कीको १० औं जिल्ला अधिवेशनले वासुदेव मिश्रको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको थियो ।
प्रेस युनियन १० औं जिल्ला अधिवेशनबाट उपाध्यक्ष (खुला) विजय लम्साल, उपाध्यक्ष (महिला) ज्योति हमाल, सचिव धनबहादुर गुरुङ (सुमन), सहसचिव सपना अधिकारी र कोषाध्यक्षमा नीराजन अधिकारी सर्वसम्मत निर्वाचित भएका थिए ।
सदस्यहरू अजय क्षेत्री, विवेक ढुंगाना, रोबर्ट घिमिरे, सञ्जय आचार्य, शिवप्रसाद न्यौपाने, अभिनन्दन बजिमय, प्रवीण थापामगर, प्रतिभा सापकोटा, बलबहादुर रोकामगर, देविका तामाङ र सविन विक निर्वाचित भएका थिए ।
लोकतन्त्रको महŒवपूर्ण अंग मिडिया: मन्त्री थापामगर गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापामगरले लोकतन्त्रको लागि मिडिया महŒवपूर्ण अंग भएको बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीको १० औं जिल्ला अधिवेशनमा निर्वाचित पदाधिकारीको पदस्थापनपछि मन्त्री थापाले लोकतन्त्रमा मिडियाको भूमिका महŒवपूर्ण हुने बताए । ‘लोकतन्त्रमा मिडिया भएन भने मानव अपांग जस्तै हुन्छ, त्यसैले लोकतन्त्रको महत्वपूर्ण अंग मिडिया हो,’ मन्त्री थापाले भने, ‘मिडियाले अधिकारिक, यथार्थ वस्तुस्थितिबारे सत्यतथ्य जानकारी दिन्छ ।’
उनले देश विकास र समृद्धिको लागि मिडियाले महŒवपूर्ण भूमिका निर्वाह गरेको बताए । निष्पक्ष पत्रकारिताको लागि सबैभन्दा पहिले पत्रकार स्वावलम्बी बन्नुपर्नेमा मन्त्री थापामगरले जोड दिए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्षद्वय गंगाधर पराजुली, रमेश पौडेल, गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारी, प्रेस युनियन कास्कीका सल्लाहकारद्वय तारा पाखे र डा. बलराम उपाध्याय रेग्मी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, प्रेस युनियन कास्कीका निवर्तमान अध्यक्ष नवीन सिग्देल, निवर्तमान कार्यवाहक अध्यक्ष रविना आलेले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
लोकगायिका पवित्रालाई सम्मान
‘नेपाल हेर्न जाऊँ’ लोकार्पण
काठमाडौं म्याराथनमा इनड्राइभको सहकार्य
हेमजा गोल्डकप विजेतालाई ६ लाख
सिद्ध फलेपाटन सहकारीको सभा
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०