हेमजा । हेमजामा जारी श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञकमा आधा करोड बढी रुपैयाँ संकलन भएको छ ।
बावियाँतरास्थित मानव सेवा आश्रमको निर्माणाधीन भवनलाई पूर्णताका लागि आर्थिक संकलनार्थ महायज्ञ सुरु भएको हो । तेस्रो दिन आइतबारसम्म ४३ लाख सहित ८ कोठा निर्माणका लागि सहयोग जुटेको आश्रमका गण्डकी प्रदेश अध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिए । जसअनुसार प्रतिकोठाका लागि ५ लाख ११ हजार १ सय ११ का दरले दाताले यज्ञमा सहयोग गरेका छन् ।
आइतबार महायज्ञमा बोल्दै गण्डकी प्रदेशका प्रमुखसचिव रविलाल पन्तले सडकमा जीवन बिताइरहेकाहरुलाई सहयोग गर्नु सबैभन्दा ठूलो धर्म भएको औंल्याउँदै आश्रम निर्माणका लागि सहकार्य गर्दै जाने बताए । पूर्वाधार अभावमा सहयोगापेक्षीको उद्धारमा समस्या आइरहने उल्लेख गर्दै मुख्यसचिव पन्तले सक्दो दान गरी शुभेक्षा प्रकट गर्न सबैसँग आग्रह पनि गरे ।
महायज्ञका प्रमुखवाचक भागवत्भाष्कर पं कमलनयन गौतमले मानिसले भगवान्सँग मित्रवत भावना राख्नु आवश्यक छ भन्दै सत्संगले नै मानवलाई धन्य बनाउने औंल्याए ।
यज्ञमा दिनप्रतिदिन भक्तजनको सहभागिता बढ्दै गएको छ । हेमजा, लामाचौर लगायत पोखराका विभिन्न वडा, माछापुच्छे« साथै अन्नपूर्ण गाउँपालिका साथै विभिन्न जिल्लाबाट स्वतस्फूर्त रुपमा भक्तजन आउने क्रम बढेको हो ।
पवित्र उद्देश्यका साथ यज्ञ गर्न लागेको सुनेपछि उक्त उद्देश्य प्राप्तिमा इँट्टा थप्नका लागि यज्ञमा सहभागी भएको पोखरा घलेचोककी इन्दिरा अधिकारीले प्रतिक्रिया दिइन् ।
२७ माघसम्म हुने उक्त यज्ञमार्फत निर्माणाधीन भवनको पूर्णताका अलावा लक्ष्मीनारायण मन्दिर निर्माण, अक्षयकोष श्रीवृद्धि तथा मानवताको प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्य पनि राखिएको छ ।
आश्रममार्फत सहयोगापेक्षी मानवहरुको सेवा गरिंदै आइएकोमा हाल कास्कीमा २ सहित देशभरका १९ जिल्लामा २३ सेवा केन्द्र संचालित छन् ।
Related News
सम्बन्धित समाचार
सृजना विकास केन्द्रको सामाजिक परीक्षण
फेवा नव वर्ष महोत्सव, सुरक्षामा ध्यान दिन सुझाव
अनाथको आश्रय सहारा एकेडेमी
आत्महत्या रोक्न टिकटक प्रतियोगिता
बौद्ध उपवास पूजा
hero news full width
मुख्य समाचार
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९