पोखरा । गण्डकी प्रदेशका स्थानीय पालिकालाई ५ वर्षभित्र गर्नैपर्ने कामको जिम्मेवारी दिइएको छ । गण्डकी र सरकार र संघ सरकारको समन्वयमा पोखरामा संचालित अभिमुखीकरणपछि उनीहरुलाई ५ वर्षभित्रको कार्यजिम्मेवारी दिएर पठाइएको हो ।
सबै पालिकाले ५ वर्षमा अन्तरस्थानीय तहको साझेदारीमा रोजगारी वृद्धि गर्ने कार्यक्रम संचालन गर्ने र अन्तर्राष्ट्रिय बजारको मागमा आधारित प्राविधिक शिक्षालय संचालन गर्नुपर्ने भएको छ । यस्तै, माध्यमिक तहसम्मको शिक्षाको सुधारलाई अभियानरुपमा लैजाने र प्रत्येक वडामा एउटा नमुना सामुदायिक विद्यालय चलाउनुपर्नेछ । माविसम्मको शिक्षा पालिकाको जिम्मेवारीमा पर्छ । तर संघ र प्रदेशको कानुन नबन्दा अहिले सामुदायिक विद्यालयको अवस्था भद्रगोल बनेको छ ।
५ वर्षभित्र सबै गाउँपालिका र नगरपालिकालाई बालमैत्री पालिका बनाउने समझदारीमा पालिका प्रमुख र उपप्रमुखहरुले सहमति जनाएका छन् । वडा तथा कार्यपालिकाबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री बनाउँदै विद्युतीय शासनलाई संस्थागत गर्ने, संघ, प्रदेश र स्थानीय सरकारबीच अन्तरसम्बन्ध समन्वय, सहकारिता र सहअस्तित्वको सिद्धान्तमा आधारित गर्ने प्रतिबद्धता छ । पालिकाबाटै चिकित्सकसहितको आधारभूत स्वास्थ्य सेवा दिने, सबै पालिका र वडा भवन निर्माण गरिसक्ने प्रतिबद्धता जनाएका छन् । अधिकांश पालिका र वडाको भवन निर्माण भैसकेको छ । अझै केही पालिकामा केन्द्र विवाद कायम छ, जसका कारण भवन निर्माण प्रक्रिया अघि बढ्नै सकेको छैन ।
५ वर्षभित्र गण्डकीका सबै गाउँपालिका र नगरपालिकालाई बालमैत्री पालिका बनाउने समझदारीमा पालिका प्रमुख र उपप्रमुखको सहमति
पालिकाभित्रका बाँझो जग्गा उपयोग गरी उत्पादन बढाउन सामूहिक, सहकारी तथा व्यावसायिक रुपमा प्रयोग गर्न सहजीकरण गर्ने, पालिकाभित्र निर्माण गरिने पूर्वाधारलाई बालमैत्री, वातावरणमैत्री, अपांगतामैत्री र लैंगिक संवेदनशीलता अनुकूल बनाउन उनीहरु सहमत भएका छन् । अहिले बनेका भवनसमेत अपांगतामैत्री बन्न सकेका छैनन् । पालिकाको वार्षिक नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा दिगो विकास लक्ष्यमा आवद्ध गराउने, वडा कार्यालयलाई सेवा केन्द्रको रुपमा विकास गर्ने र सडक सञ्जालसँग जोड्न सहमत भएका छन् । प्रदेश सरकारले प्रदेशको राजधानी पोखराबाट सबै पालिका केन्द्र जोड्ने सडक स्तरोन्नतीलाई तीव्रता दिएको छ । पालिकाहरुले भने पालिका केन्द्रदेखि वडा जोड्ने सडकलाई प्राथमिकताका साथ स्तरोन्नति गरेको छ । तर बजेट अभावले सोचे जति काम गर्न नपाएको उनीहरुको गुनासो छ ।
प्राकृतिक स्रोतको दिगो उपयोग हुने गरी संरक्षण, हरियाली प्रवद्र्धन तथा सम्बद्र्धन गर्ने र आवश्यक मापदण्ड पालना गर्ने उनीहरुको प्रतिबद्धता छ । नदीजन्य स्रोतको बिक्री शुल्क, लघु तथा घरेलु उद्योग दर्ता तथा नियमन, सामुदायिक वनबाट हुने आम्दानी लगायतमा रहेको कानुनी अस्पष्टतालाई स्पष्ट बनाउन भेलाले सम्बन्धित सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । धेरैजसो पालिकाहरुमा नदीजन्य सामग्री उत्खनन् विवादित बनेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी उत्खनन् गर्ने र त्यसबाट क्षति निम्तिएको गुनासो धेरै ठाउँमा छ । त्यसमाथि ढुंगा, गिटी, बालुवाको आम्दानी स्थानीय सरकारले प्रदेशको सञ्चित कोषमा जम्मा गरेका छैनन् । धेरै क्रसरहरु मापदण्डविपरीत चलेका जिल्ला स्थित अनुगमन समितिले प्रतिवेदन निकालेको छ ।
गण्डकीका २० पालिका संरक्षित क्षेत्रभित्र पर्छन् । जसले प्राकृतिक स्रोत उपभोग गर्न पाएका छैनन् । यसबारे गण्डकी भेलाले केही बोलेको छैन । तथापि आवश्यक समन्वय र सहजीकरणका लागि संघ र प्रदेशसँग अनुरोध गर्ने निष्कर्ष निकालिएको छ । सुरक्षित वस्ती तथा सहर निर्माण गर्न भवन संहिता पालना गर्ने, विद्यमान कुरीति, कुसंस्कार, विभेद र असमानाताको अन्त्य गर्ने तथा स्थानीय भाषा–संस्कृतिको संरक्षण बाट स्थानीय पर्यटन प्रवद्र्धनमा अन्तरपालिका साझेदारी गर्ने पालिका प्रमुख र उपप्रमुखहरुको वचन छ । अहिले अधिकांश पालिकामा बस्तीहरु छरिएर बसेका छन् । त्यसलाई एकीकृत गर्न कार्यक्रम बनाउने प्रतिबद्धता उनीहरुले जनाए । भेलामा जलवायु परिवर्तनको असरबारे पनि छलफल भएको छ । वार्षिक नीति तथा कार्यक्रम, बजेट निर्माणदेखि पालिकाको प्रशासनिक कार्य संचालनमा सहजीकरण गरिएको थियो । २ दिनसम्म चलेको कार्यक्रममा ८५ वटै पालिकाका प्रमुख र उपप्रमुख भेला भएका थिए । गण्डकी प्रदेशमा १ महानगर, २६ नगरपालिका र ५८ गाउँपालिका छन् ।
Related News
सम्बन्धित समाचार
नगर सभामा राजस्व बक्यौता असुली कार्ययोजना प्रस्तुत
दूतराजको प्रस्तुतिमा झुमे दर्शक
प्याब्सन कास्कीमा षडानन्द गौतम
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
एन प्याब्सन स्थापना दिवस, १४५ शिक्षक–कर्मचारी सम्मानित
hero news full width
मुख्य समाचार
फूलबारी मन्टेसरीको रजतजयन्ती
सहारा क्लब र दृष्टि आँखा हस्पिटलबीच सम्झौता
पौष २८, २०८१प्रेस सेन्टर कास्कीमा दीननाथ
पौष २७, २०८१कोन सहकारी अध्यक्षमा सिग्देल
पौष २७, २०८१नवआदर्श सामुदायिक विकास समाजमा दिनेश भण्डारी निर्वाचित
पौष २७, २०८१पर्यटनको विकासमा संगीतको महत्व उच्च
पौष २६, २०८१