एन प्याब्सनको वादविवाद प्रतियोगितामा करुणा प्रथम

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७९
pabson

पोखरा । एन प्याब्सन कास्कीले आयोजना गरेको अन्तरविद्यालय स्तरीय वादविवाद प्रतियोगितामा युनिभर्सबोर्डिङ स्कुलकी करुणा शर्मा प्रथम भएकी छन् ।

प्रतियोगितामा पुष्पसदन एकेडेमीका रिजन अधिकारी द्वितीय भए । हेमजा बोर्डिङ स्कूलकी सोनिका पोख्रेल, ज्ञानज्योति बोर्डिङ स्कुलकी सवानी परियार, ज्ञानज्योति विद्या कुञ्जकी खुसी गुरुङ तथा डायमण्ड मोडेल स्कुलकी कृपा अधिकारी तृतीय भए ।

कार्यक्रममा विजयी विद्यार्थीलाई नेसनल प्याब्सनका केन्द्रीय सहअध्यक्ष सुवास न्यौपाने, शिक्षासेवी आरसी खनाल, एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले मायाको चिनो र मेडल प्रदान गरे ।

एकात्मक शासनभन्दा संघात्मक शासन बेस भन्ने विषयमा भएको प्रतियोगितामा ३३ विद्यालयका विद्यार्थीको सहभागिता रहेको कार्यक्रम संयोजक रमेशराज पौडेलले जानकारी दिए ।

प्रतियोगितामा डा. यानबहादुर क्षेत्री, सहप्राध्यापक भीमनाथ बराल र डा.भूमिराज बस्ताकोटी निर्णायक मण्डलमा थिए ।

कार्यक्रममा गण्डकी विश्वविद्यालयका डिन डा. कपिल अधिकारीले प्रश्न सोधाइले नै नयाँ ज्ञानको उचाइमा पुर्‍याउने बताए । ‘सयौं अनुत्तरित प्रश्नबाट नै नयाँनयाँ ज्ञानको सिर्जना हुन्छ’ उनले भने,‘ प्रश्नभन्दा माथि कोही पनि छैन, प्रश्न गर्ने क्षमता राख्नुपर्दछ ।’

उनले जिज्ञासु स्वभाव मर्‍यो भने वैज्ञानिक चेत मर्ने बताउँदै प्रश्न सोध्न कहिल्यै पनि पछि नपर्न विद्यार्थीलाई आग्रह गरे । नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अतिरिक्त क्रियाकलाप संयोजक राजु केसी, सचिव मनकाजी गुरुङ, कार्यक्रमका सदस्य हरिराज अधिकारीले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width