वृद्धाश्रमका आश्रितको स्वास्थ्य परीक्षण

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७९
aged

पोखरा । पोखरा १७ सीतापाइलास्थित पोखरा वृद्धाश्रमका ज्येष्ठ नागरिकको शुक्रबार स्वास्थ्य परीक्षण गरिएको छ । एमाले निकटको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको १७ औं स्थापना दिवसको अवसर पारेर गण्डकी प्रदेश र कास्की जिल्ला कमिटीको आयोजनामा आश्रममा रहेका ४८ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरिएको महासंघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सहइन्चार्ज बालकृष्ण लामिछानेले बताए । ज्येष्ठ नागरिकको उच्च रक्तचाप, मधुमेह लगायत परीक्षण गरिएको थियो ।

यसैबीच आश्रमका आश्रितका लागि खाद्यान्न र तरकारीसमेत वितरण गरिएको थियो । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ कास्की जिल्ला अध्यक्ष चिरञ्जीवी तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सचिव लक्ष्मण बसौला, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सहइन्चार्जद्वय बालकृष्ण लामिछाने र हरिलाल आचार्य, केन्द्रीय सदस्य रेखा थपलिया, प्रदेश उपाध्यक्ष विनीता दाहाललगायतले कार्यक्रममा विभिन्न परिस्थितिका कारण आश्रममा पुगेका ज्येष्ठ नागरिकको संरक्षणमा राज्यले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width