फुटसल उपाधि नाल्मालाई

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७९
futsal~

लमजुङ । बेंशिसहमा सञ्चालित प्रथम पालिकास्तरीय फुटसल प्रतियोगिता उपाधी बेंशिसहर नगरपालिका वडा ५, नाल्माले उपाधि जितेको छ ।

लमजुङ फुटसलको आयोजनामा भएको सो प्रतियोगिताको फाइनलमा दोर्दी गाउँपालिका ९ हिलेबजारलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । निर्धारित समयको खेलमा दुवैबीच समान ५ गोल भएको थियो ।

लमजुङ फुटसलका सञ्चालक तथा प्रशिक्षक इन्द्र रानाका अनुसार नाल्माले उपाधिसँगै ७० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ । उपविजेता हिलेबजारले ३० हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र दिइएको छ ।

विजयलीलाई लमजुङ फुटबल संघ महासचिव एवं त्रिवेणी युवा क्लबका अध्यक्ष विनोद गुरुङ, लमजुङ फुटबल संघ उपाध्यक्ष विजय श्रेष्ठ, लमजुङ फुटबल संघका कोषाध्यक्ष केशबहादुर राना, मालिङ युवा क्लब उपाध्यक्ष सन्तोष गुरुङ, लमजुङ क्रसर उद्योगका संचालक दिनेश केसी लगायतले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए । सो प्रतियोगितामा उत्कृष्ट खेलाडी नाल्माका विजय गुरुङ घोषित भए ।

सर्वाधिक गोलकर्ता विजेता टिमकै सिर्जन गुरुङ पुरस्कृत भए । उनीहरुले जनही २५ सय पाएको जिल्ला फुटबल संघका अध्यक्ष दिवाकर बरालले बताए । १८ टिमले भाग लिएको प्रतियोगिता २ दिनसम्म चलेको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width