रक्तदानमा ३५ युनिट

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७९
blood medi

पोखरा । मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टर रानीपौवा, आइसीएफसी फाइनान्स र लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको संयुक्त आयोजनामा पोखरामा बृहत् रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ३५ युनिट रगत संकलन भयो ।

पोखरा ११ का नवनिर्वाचित वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले पहिलो रक्तदाता कृष्णप्रसाद तिवारीलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । सो अवसरमा तिवारीले गरेको रक्तदान ६४ औं पटक थियो ।

कार्यक्रममा मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टरका अध्यक्ष रमेश थापा, सञ्चाल समिति सदस्य डा. सरोज पोख्ररेल, वित्तीय निर्देशक विक्रम पराजुली, डा. नीरज रञ्जित, व्यवस्थापक गौतम पौडेल लगायतको उपस्थिति थियो । कार्यक्रममा आइसिएफसि फाइनान्स लि.का रिजनल म्यानेजर अनुप केसी, अप्रेसन तथा मार्केटिङ प्रमुख अर्पणा लामा, अप्रेसन इन्चार्ज सुवा पुन, ऋण शाखाका अमृत केसी, लक्ष्मी पौडेल, अजयकुमार गुरुङ, भूमिका थापा, अनुजा कँडेल, लायन्स क्लबतर्फबाट रामप्रसाद तिमिल्सिना र रिजन चिर्यरपर्सन लक्ष्मण शर्माको सहभागिता रहेको ब्यवस्थापक गौतम पौडेल बताए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width