पोविविको सूचना प्रविधि साक्षरता

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७९
It training and skill trainng

पोखरा । पोखरा विश्वविद्यालयले रजतजयन्तीको विशेष कार्यक्रमअन्तर्गत पोखरा ३० का स्थानीय महिलालाई समसामयिक विषयमा सूचना प्रविधि साक्षरता र सीप तालिम सञ्चालन गरेको छ । २ हप्तासम्म चल्ने तालिमको उद्घाटन सत्रमा स्थानीय २१ जना सहभागी थिए ।

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित सूचना प्रविधि साक्षरता र सीप तालिम विश्वविद्यालयको इन्फर्मेसन एक्सेस सेन्टरमा सञ्चालन हुनेछ ।

चुलो चौका सँगसँगै आधुनिक सूचना तथा प्रविधिसँग गृहिणीलाई परिचित गराउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको पोविविका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए । मोबाइल, कम्प्युटरको प्रयोग, अनलाइन व्यापार व्यवसाय सञ्चालन, डिजिटल वालेट, डेबिट वा क्रेडिट कार्र्ड, ई–बैंकिङ, मोबाइल बैंकिङ, अटोमेटेड टेलर मेसिन (एटिएम) आदिबाट डिजिटल भुक्तानी कसरी गर्न सकिन्छ भन्ने बारेमा ज्ञान र तालिम दिइनेछ । मोबाइलमा प्रयोग भएको प्रविधि र त्यसमा भित्रिएको नयाँ नयाँ आयामको बारेमा गृहिणीलाई ज्ञान र सीप दिइने छ ।

तालिमपश्चात् देश विदेशमा रहेका आफ्ना श्रीमान्, छोराछोरी, नातागोता इष्टमित्रसँग भिडियोमा कुराकानी, डिजिटल रूपमा बिजुली, पानी, टेलिफोन आदिको बिल भुक्तानी गर्न उनीहरू सक्षम हुने विश्वविद्यालयले विश्वास लिएको छ ।
कार्यक्रममा पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्राडा नमराज धामी, स्कुल अफ बिजनेसका स्कुल निर्देशक डा. सृजन ज्ञवाली, स्कुल अफ बिजनेसका उपप्राध्यापक दीपाञ्जल, श्रेष्ठ, सहभागी महिलाहरूको तर्फबाट इन्दिरा तिवारीले बोलेका थिए । कार्यक्रम सञ्चालन चनमति तामाङले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width