आलोकलाई ललितकला पुरस्कार

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७९
lalitkala news aalok gurung lai

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले कलामा क्रियाशील स्रष्टालाई प्रत्येक २ वर्षमा प्रदान गर्ने ललितकला पुरस्कार–२०७८ बाट कलाकार आलोक गुरुङलाई पुरस्कृत गर्ने भएको छ ।

वरिष्ठ कलाकार दुर्गा बरालले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गरी सञ्चालित ललितकला पुरस्कार २०७८ पाउने कलाकार आलोक गुरुङ तनहुँ अरुबोटमा जन्मेर पोखरामा क्रियाशील चित्रकला, मुहार चित्र र प्रतिस्थापन कलामा अब्बल कलाकार मानिन्छन् ।

उनले हजारभन्दा बढी मुहारचित्र बनाउनुका साथै अन्य सिर्जना गरिसकेका छन् । एकल चित्रकला प्रदर्शनी २०१३ दमौली, २०१४ मा पोखरामा, २ व्यक्ति (दुर्गा बराल–गोपाल श्रेष्ठ) चित्रकला प्रदर्शनी २०३१ बागलुङ समूह चित्रकला प्रदर्शनी तथा सामूहिक कला कार्यशालाअन्तर्गत हङकङ, भारत, सिक्किम, कोरिया तथा नेपालका थुप्रै ठाउँहरुमा आफ्नो कला प्रदर्शनी गरिसकेका छन् । गुरुङको अर्को विषेशता भनेको लाइभ डेमोस्ट्रेसन हो । उनले सिर्जना फाइन आर्ट कलेज र ललितकला क्याम्पसमा समेत आफ्नो कला देखाइसकेका छन् ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित गुरुङले नेपाली कलाको विभिन्न विधाको उन्नयनमा पु¥याएको योगदानको कदर गर्दै ललितकला पुरस्कार २०७८ प्रदान गर्न लागिएको प्रतिभा छनौट समितिका संयोजक वरिष्ठ कलाकार दुर्गा बरालले जानकारी दिए।

ललितकला पुरस्कारबाट पोखराका पहिलो कलाकार कृष्णप्रसाद श्रेष्ठ, गोपाल श्रेष्ठ, क्षेत्रलाल कायस्थ, बुद्धि गुरुङ, हरेराम जोजिजु, यादवचन्द्र भूर्तेल, सरोजा खड्की, मुकेश मल्ल, लोकप्रसाद गुरुङ र राजन काफ्ले पुरस्कृत भइसकेका छन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तको प्रमुख आतिथ्यमा आगामी असार ४ मा पुरस्कार प्रदान गरिने परिवारका अध्यक्ष मोती भुजेलले बताए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा १५ मा बृहत् खेलकुद महोत्सव

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । पोखरा वडा कार्यालय १५ आयोजनामा बुधबारदेखि तेस्रो बृहत् खेलकुद महोत्सव सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थानमा…
  • पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने

    प्रकाश ढकाल माघ ४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाले शुक्रबार (आज) देखि नै करारका कर्मचारीलाई हाजिर नगराउने भएको छ । करार कर्मचारी नहटाउन माग गर्दै…
  • एन प्याब्सन महाधिवेशन फागुनमा

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । नेशनल प्याव्सनको आठौं राष्ट्रिय महाधिवेशन आगामी फागुन दोस्रो साता काठमाडौंमा हुने भएको छ । संस्थाको पोखरामा सम्पन्न राष्ट्रिय…
  • रिहर्सलमा ‘सपना डिलक्स कोच’

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । चर्चित कलाकार अनुप बरालको सक्रियतामा पोखरा–३, नदीपुरमा ‘हंसध्वनि’ नाटकघर निर्माणाधीन छ । निर्माण पूरा नहुँदै सोही नाटकघरमा एक…
  • पंगेनीको प्रस्तुतिमा रमाए दर्शक

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । लोकप्रिय गायक बद्री पंगेनीको प्रस्तुतिमा पोखरेली दर्शक रमाएका छन् । प्रायः वियोगान्त गीत गाएर दर्शकलाई रुवाउने लोक तथा…

hero news full width