प्रतिभा बाल क्लब पुनर्गठन

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७९
child chulb

म्याग्दी । गौ बोमबस्त मावि, मालिका गाउँपालिका–५, मगरदाङमा क्रियाशील प्रतिभा बाल क्लब पुनर्गठन भएको छ ।

विद्यार्थीको चौतर्फी विकास, बाल अधिकार संरक्षण र प्रवद्धन गर्ने उद्देश्यले गठित १३ सदस्यीय क्लब अध्यक्षमा विपासा सिउथानी चयन भएकी छिन् । उपाध्यक्षमा सफल बुढा, सचिवमा वीनिसा बुढा, कोषाध्यक्षमा शीतल पुन र सहसचिव सीमा फगामी चयन भएका छन् । सदस्यमा भूमिका फगामी, युना बुढाथोकी, सीता बिक, ईच्छा फगामी, रखना फगामी, सवि सिउथानी, वीपिसा राना र चेतन सिउथानी छन् ।

बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालयले विभिन्न रचनात्मक कार्य गरेको विद्यालयका प्रअ अमृत बुढाथोकीले जानकारी दिए । बाल क्लबमा आबद्ध भएका बालबालिकाले नेतृत्व विकास, क्षमता विकास तथा बाल अधिकारबारे छलफल, बाल सिर्जना समावेश गरी मासिक भित्ते पत्रिका प्रकाशन, सरसरफाइलगायत कार्यक्रम सञ्चालन निर्णय गरेको क्लबका अध्यक्ष विपसा सिउथानीले बताइन् ।

बैठकले क्लबको संरक्षकमा विद्यालयका प्रअ अमृत बुढाथोकी र शिक्षक इन्चार्जमा शिक्षक दीपक आचार्य र सल्लाहकारमा विद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख शिक्षक बुद्धि बहादुर राना र शिक्षक चेतबहादुर जिटीलाई चयन गरेको सचिव वीनिसा बुढाले जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरा १५ मा बृहत् खेलकुद महोत्सव

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । पोखरा वडा कार्यालय १५ आयोजनामा बुधबारदेखि तेस्रो बृहत् खेलकुद महोत्सव सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थानमा…
  • पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने

    प्रकाश ढकाल माघ ४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाले शुक्रबार (आज) देखि नै करारका कर्मचारीलाई हाजिर नगराउने भएको छ । करार कर्मचारी नहटाउन माग गर्दै…
  • एन प्याब्सन महाधिवेशन फागुनमा

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । नेशनल प्याव्सनको आठौं राष्ट्रिय महाधिवेशन आगामी फागुन दोस्रो साता काठमाडौंमा हुने भएको छ । संस्थाको पोखरामा सम्पन्न राष्ट्रिय…
  • रिहर्सलमा ‘सपना डिलक्स कोच’

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । चर्चित कलाकार अनुप बरालको सक्रियतामा पोखरा–३, नदीपुरमा ‘हंसध्वनि’ नाटकघर निर्माणाधीन छ । निर्माण पूरा नहुँदै सोही नाटकघरमा एक…
  • पंगेनीको प्रस्तुतिमा रमाए दर्शक

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । लोकप्रिय गायक बद्री पंगेनीको प्रस्तुतिमा पोखरेली दर्शक रमाएका छन् । प्रायः वियोगान्त गीत गाएर दर्शकलाई रुवाउने लोक तथा…

hero news full width