लियो पोखरा पिस भ्यालीमा सुरज

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७९
Leo Photo

पोखरा, २३ जेठ । लियो क्लब अफ पोखरा पिस भ्यालीको वर्ष २०२२/०२३ अध्यक्षमा सुरज गुरुङ निर्वाचित भएका हुन् ।

सात सदस्यीय कार्यसमिति प्रथम उपाध्यक्षमा सविना अधिकारी, द्वितीय उपाध्यक्षमा रेजिना खड्का, सचिव रक्षा क्षत्री, सहसचिव सुप्रिया सापकोटा र कोषाध्यक्षमा संजिता पौडेल चुनिए । श्रीषा रेग्मी लियो क्लब अफ पोखरा पिस भ्यालीको पिआर अफिसर भएकी छिन् ।

नवनिर्वाचित अध्यक्ष गुरुङले विगतका कार्यलाई निरन्तरता दिंदै आगामी दिनमा सामाजिक कार्यमा आफ्नो समय खर्च गर्ने बताए । आफ्नो टिमलाई उदाहरणीय बनाउने उनको प्रतिवद्धता थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width