पोखरामा माउण्ट एभरेष्ट तेक्वान्दो

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७९
taekwondo

पोखरा । नेपाल तेक्वान्दो संघ आयोजनामा पोखरामा आगामी असोज ५ देखि ९ सम्म तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका अध्यक्ष प्रकाशशमशेर राणाले सो कुराको जानकारी दिएका हुन् ।

यसअघि काठमाडौंमा हुँदै आएको प्रतियोगिता गत वर्ष कोभिड–१९ का कारण प्रभावित भएको थियो ।

प्रतियोगितामा विश्वका ५० भन्दा बढी देशका १ हजार ५ सय बढी खेलाडी, रेफ्री, अफिसियल र उनीहरुका परिवारसहित २ हजारभन्दा बढी विदेशी खेलाडी सहभागी हुने आयोजकको अनुमान छ ।

प्रतियोगितामा सिनियर महिला/पुरुषतर्फ ८/८ र जुनियरतर्फ १०÷१० वटा तौल समूहका खेल हुनेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड लाग्ने बताइएको छ । प्रतियोगिताको सदस्य स्रोत व्यवस्थापन संघ/प्रदेश, स्थानीय सरकारलगायत उद्योगपति, व्यवसायी र पोखरेली जनताबाट हुने अपेक्षा गरिएको सदस्य सचिव जगनबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगिताका लागि गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख संरक्षकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । खेलकुद क्षेत्रलाई माया गर्ने राष्ट्र सेवक कर्मचारी, खेलाडी, राजनीतिज्ञ, उद्योगपति, व्यवसायी समेतको ५१ सदस्यीय सल्लाहकार समितिसमेत गठन भइसकेको छ ।

प्रतियोगिता सम्पन्न गर्न मुख्यमन्त्रीलगायत मन्त्रीहरुबीच छलफल एवं नेपाल तेक्वान्दो संघ केन्द्रीय समितिको बैठक पोखरा भएको छ । विश्व तेक्वान्दो संघले मान्यताप्राप्त गरेको जिटु खेल खेलाइने भएकाले सहभागी संख्या अझै बढ्न सक्ने अनुमान आयोजकको छ ।

नेपालमा सबैभन्दा बढी मेडल जित्न सफल यस खेलको प्रवद्र्धनमा सबैजना लाग्नुपर्ने महासचिव दीपराज गुरुङले बताए ।

दीपक बिष्ट, संगीना वैद्य, सपना मल्लजस्ता थुप्रै अन्तर्राष्ट्रिय खेलाडी तयार गर्न यस प्रतियोगिता कोसेढुंगा सावित हुने विश्वास छ । साथै कोभिड १९ ले थलिएको पोखराको पर्यटन व्यवसायमा पनि टेवा पुग्ने अपेक्षा छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width