पोखरा विश्वविद्यालय शिक्षण अस्पताल निर्माण सम्झौता

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७९
pu HOSPITAL

पोखरा । पोखरा विश्वविद्यालयले १ सय शैयाको शिक्षण अस्पताल सञ्चालन तयारी गरेको छ ।

अस्पतालको लागि आवश्यक पूर्वाधार निर्माण गर्न विश्वविद्यालयले हाल सञ्चालनमा रहेको छात्रावास भवनलाई परिमार्जन गर्ने सम्बन्धमा ठेक्का सम्झौता भयो ।

विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालको उपस्थितिमा विश्वविद्यालयका रजिष्ट्रार डा. दीपकबहादुर भण्डारी र सूर्य कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सूर्यनारायण बरालबीच सो सम्झौता भएको हो ।

स्वास्थ्य संस्थाको भवन तथा पूर्वाधारसम्बन्धी मापदण्ड अनुरूप छात्रावास भवनलाई अस्पतालको रूपमा परिमार्जन गरिनेछ । अस्पतालको विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण (आइई) अध्ययनपछि ठेक्का सम्झौता भएको हो । ठेक्का सम्झौता करिब ७ करोड ५० लाख रहेको छ ।

अस्पताल भवनमा प्रशासनिक कार्यालय, बहिरंग विभाग (ओपिडि), अन्तरंग विभाग, आकस्मिक तथा शल्य चिकित्सा विभाग, सघन उपचार कक्ष, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग लगायत आवश्यक प्रतिक्षा कक्ष, सवारी साधन, पार्किङ, पानी विद्युत, इन्टरनेटको व्यवस्थापन, फोहोर व्यवस्थापन आदिको व्यवस्था हुनेछ । अस्पताललाई चाहिने प्रशासनिक जनशक्ति, क्लिनिकल प्राविधिक जनशक्ति आदिका लागि विज्ञापन भई नियुक्ति गर्ने कार्य समेत अन्तिम चरणमा पुगेको छ । साथै अस्पतालको लागि चाहिने आवश्यक उपकरण तथा सामाग्रीहरूको खरिद योजना तयार भैसकेको छ । सम्झौताबमोजिम ठेकेदारले ६ महिनाभित्र अस्पताल निर्माणको कार्य सम्पन्न गर्नेछ । ओपिडी सञ्चालन भने आउँदो असारको पहिलो हप्ताबाटै सञ्चालन गर्ने विश्वविद्यालयको तयारी रहेको सूचना अधिकृत लोकप्रसाद ढकाले जनाए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width