विद्यार्थी र नवविवाहितलाई केबलकारमा छुट

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७९
cable car

पोखरा । अन्नपूर्ण केबलकारले विद्यार्थी र नवविवाहित जोडीलाई टिकटमा विशेष छुट दिने भएको छ ।

पर्यटकीय स्थल सेदीबाट फेवातालको दृश्य हेर्दै सराङकोटसम्मको यात्रा गराउने केबलकारको टिकटमा विशेष छुट दिने कम्पनीले जनाएको हो ।

जसमा प्लस टुको परीक्षामा सहभागी भएका विद्यार्थी र नवविवाहित जोडीका लागि टिकटमा विशेष छुटको व्यवस्था गरिएको हो ।

उच्च शिक्षा अध्ययन गर्न प्रोत्साहन गर्ने र मेहेनति हातहरुलाई ऊर्जा प्रदान गर्दै उनीहरुलाई केही समय भए पनि रमाइलो बनाउने उद्देश्य साथ ५० प्रतिशत छुट व्यवस्था गरिएको जनाइएको छ ।

छुट पाउन विद्यार्थीले यस वर्ष परीक्षामा सामेल भएको परीक्षा प्रवेशपत्र अनिवार्य देखाउनु पर्नेछ । सो योजना असार ३ सम्म लागु हुनेछ ।

साथै, नवविवाहित जोडीका लागि केबलकारले विशेष अफर घोषणा गरेको छ । केबलकारले १ टिकटको खरीदमा अर्को टिकट निशुल्क प्रदान गर्नेछ । यो योजनामा सहभागी हुन नवविवाहित जोडीले आफ्नो विवाह कार्ड अनिवार्य देखाउनु पर्नेछ । सो योजना भने असार मसान्तसम्म लागु हुनेछ ।

पोखरामा नयाँ पर्यटकीय गन्तव्यरूपमा थपिएको केवलकार गत वर्ष चैत १ देखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । सराङकोट ८ देखि ९ मिनेटमा पुग्न सकिन्छ । केवलकारमा ८ जनाको सिट क्षमता रहेका १७ गण्डोला र सामान ओसारपसार गर्ने एउटा गण्डोला जडान गरिएको छ ।

केवलकारको बटम स्टेसन समुद्री तहदेखि ८ सय २४ मिटरको उचाइमा र टप स्टेसन १ हजार ५ सय २३ मिटर उचाइमा रहेको छ । केवलकारको माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेस्टुरेन्ट, कफी सप, जिपलाइन, स्काइ साइक्लिङ र स्वीङ संचालनमा रहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width