पोखराको विकासका लागि प्रदेश – महानगर सँगसँगै  : मुख्यमन्त्री पोखरेल

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७९
pokhara metro leadership training photo

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा र समग्र गण्डकी प्रदेशको विकास लागि प्रदेश सरकार र पोखरा महानगरपालिका एकाकार हुनुपर्ने बताएका छन् । पोखरा महानगरपालिकामा नवनिर्वाचित पदाधिकारी र कर्मचारीका लागि आयोजित नेतृत्व विकास तालिमको उद्घाटन कार्यक्रममा शनिबार उनले प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र भएकाले विकासका लागि सँगसगै अगाडि बढ्नुपर्ने बताएका हुन् ।

मुख्यमन्त्री पोखरेलले भने, ‘पोखरा प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र पनि हो । यो सहरलाई कस्तो बनाउने भनेर प्लानिङ गर्ने हामीहरुले नै हो । पोखरालाई राम्रो बनाएर आउने नेतृत्वलाई सुम्पने यही समूहले हो । सोचौं कसरी त्यो लक्ष्यलाई पूरा गर्न सकिन्छ ।’
पोखराको सुन्दरता बचाइ राख्न र पर्यटक आकर्षणका लागि थप पूर्वाधार निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

पोखरा र गण्डकी प्रदेश हरेक सूचकांकमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसावमा पछि रहेको भन्दै मुख्यमन्त्री पोखरेलले भने, ‘हाम्रा नीति नियम कमजोर हुन् या कहाँनेर कमजोरी छ त्यो पत्ता लगाएर आर्थिक गतिविधि बढाउनुपर्ने छ । पोखरा त अब प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्र बन्नुपर्छ । पर्यटनमार्फत् त्यो सम्भावना पनि छ ।’

अबको पोखरा कास्कीभित्रको सहरी क्षेत्रमात्र होइन मादी र आँधी बीच अनि त्यस वरपरको भूभागको विकासका लागि पोखराले चासो देखाउनुपर्ने उनको भनाइ थियो । स्टाटेलाइट सहर विस्तारका लागि प्रदेशले पनि गृहकार्य गरिरहेको भन्दै मुख्यमन्त्री पोखरेलले सबै खालका गतिविधिलाई पोखराभित्र मात्र समेट्न सम्भव छैन । त्यसका लागि लागि वृहत पोखराको परिकल्पना गरिएको बताए । पोेखराका पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार थपेर शुल्क उठाउने विषयमा, बसपार्क, सार्वजनिक शौचालय निर्माणदेखि व्यवस्थित यातायातका लागि प्रदेश सरकार र पोखरा महानगरपालिका बीच समन्वय हुन सक्ने उनको भनाइ थियो ।

फेवातालको मापदण्ड र संरक्षणको विषय जहिल्यै पनि इश्युका रुपमा आइरहेको र यसका लागि सर्वोच्चले प्रष्ट आदेश दिइसकेको भन्दै मुख्यमन्त्री पोखरेलले यसमा पनि महानगर र प्रदेश सरकार मिलेरै अगाडि बढ्न जरुरी रहेको बताए ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ । यसको उपयोगका बारेमा चर्चा सुरु भइसकेको छ । ल्यान्डफिल साइटको विकल्पको खोजी र विमानस्थलसम्मको बाटो विस्तार प्राथमिकतामा हुनु जरुरी छ । यसका लागि हामी महानगरको नेतृत्वसँग बारम्बार छलफल भइरहेको मुख्यमन्त्री पोखरेलले बताए ।

पोखराको सार्वजनिक जग्गा संरक्षणमा पनि महानगर अझै चनाखो हुनुपर्ने सुझाव उनले दिए । उनले भने, ‘महानगर आफै र पोखरा उपत्यका नगर विकास समितिको नाममा धेरै जग्गा छ, त्यसको उपयोगिताका लागि अब योजना बनाउन ढिला गर्नु हुँदैन । फेवाताललाई संरक्षित क्षेत्र त घोषणा गरिएको छ, अब काम कसरी गर्ने चुनौती यसैमा छ ।’

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराल, माओवादी केन्द्र अध्यक्ष बखानसिंह तमु, माओवादी एसका कावा अध्यक्ष खड्ग हमालले महानगरको नेतृत्वले पोखरेलीको सपनालाई साकार पार्न लाग्नु पर्ने बताए ।

मेयर धनराज आचार्यले २ दिनसम्म चल्ने नेतृत्व विकास तालिममा महानगरका जनप्रतिनिधि र महाशाखा, शाखा प्रमुखलाई ५ समूहमा विभाजन गरिएको बताए । अभिमुखीकरण मात्र नभएर अन्तरघुलनका लागि यस्ता कार्यक्रम प्रभावकारी आवश्यक रहेको उनले बताए । पूर्व राजदूत महेश दाहाल, अभियन्ता निपेष ढाका, रञ्जीत आचार्य, रवीन कटुवाल, खीमलाल सापकोटाले तालिम प्रदान गर्नेछन् । सहभागीलाई विभिन्न अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराइएको थियो । अब चुनाव सकिएकाले कार्यपालिकामा पक्ष विपक्ष कोही पनि नरहेको र अब पोखराको विकासको एक मात्र लक्ष्य लिएर अगाडि बढ्ने उनको भनाइ थियो । उपमेयर मञ्जुदेवी गुरुङले विभेदरहित न्यायपूर्ण, समुन्नत पोखरा बनाउने लक्ष्यका साथ अगाडि बढेको बताइन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width