पोखरा, १९ जेठ । अभिनेता पल शाह पुर्पक्षका लागि थुनामै बस्ने भएका छन् । सुरु जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपुरको पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा परेको निवेदनमा बिहीबारको आदेशले सुरु जिल्ला अदालतकै आदेशलाई सदर गर्ने फैसला गरेको हो ।
न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सो आदेश दिएको हो । एक नाबालिग गायिका बलात्कार मुद्दामा पल शाह ३ महिनादेखि जिल्ला कारागार कार्यालय तनहुँको थुनामा छन् । यो फैसलाले उनका फ्यान झनै दुखित भएका छन् ।
तनहुँको आदेशविरुद्ध १८ चैत २०७८ र नवलपुरको थुनछेक आदेशविरुद्ध १३ वैशाख, २०७९ मा साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न पाउँ भनी उच्चमा परेको निवेदनमा यसअघि ४ पटकसम्म पेसी स्थगित हुँदै आएको थियो ।
बिहीबारमात्र भएको सुनुवाइमा निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, अधिवक्ताहरु भानुभक्त सुवेदी, माधव घिमिरे, मिलनध्वज शाही र जगदीशचन्द्र पाण्डेले बहस गरेका थिए । यस्तै, सरकारको तर्फबाट उच्च सरकारी वकिलको कार्यालयका सहन्यायाधीवक्ता ईश्वरी ढकाल र उच्च सरकारी वकिल कार्यलयका सहायक न्यायाधीवक्ता अमृत सुवेदीले बहस गरेका थिए ।
यस्तै, मुद्दामा सहप्रतिवादी कृष्ण जोशीको मुद्दामा पनि सुरु जिल्ला अदालतकै आदेशलाई सदर गरिएको छ । उनी धरौटीमा रिहा भएका थिए ।
सुटिङक्रममा चिनजान भएपछि विवाह गर्ने भन्दै प्रेमको झुठो बहानामा आफूलाई पटकपटक करणी गरेको भनी ती नावालिगले ११ फागुन, २०७८ जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी परेपछि केही दिन फरार अभिनेता शाहले १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
कटुस पनि किनेर खान्छन् नेपाली
न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
समितिको बैठकमा सभापतिमात्रै !
hero news full width
मुख्य समाचार
सुनिन छाडे असारे भाका
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९