माछापुच्छ्रेमा परिणाममुखी योजनालाई प्राथमिकता

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७९
machha

अन्र्तक्रियामा गाउँपालिकाका नवनर्विाचित अध्यक्ष मीनबहादुर गुरुङ लगायत। तस्बिर-श्रीभद्र पौडेल

हेमजा, १८ जेठ । माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि परिणाममुखी योजनालाई प्राथमिकता दिने जनाएको छ ।

बुधवार गाउँपालिकामा भएको विभिन्न विषयगत सञ्जालका प्रतिनिधिसँगको अन्र्तक्रियामा पालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी लगायतले त्यस्तो बताएका हुन्।

गाउँपालिका अध्यक्ष गुरुङले आगामी नीति तथा कार्यक्रम एवं बजेटमा सीपमूलक र दीर्घकालीन योजनालाई प्राथमिकता दिने उल्लेख गरे । उनले भने, ‘वितरणमुखी बजेटले कुनै अर्थ राख्दैन । त्यसले परिणाम पनि दिंदैन । खाली बजेट सक्ने काम मात्रै हुन्छ ।’

कार्यक्रममार्फत लक्षित वर्गका समस्या सुन्ने मौका मिलेको पनि गाउँपालिका अधयक्ष गुरुङले स्पष्ट पारे। उपाध्यक्ष अधिकारीले समृद्ध पालिका निर्माणका लागि आम नागरिक सचेत बन्नुपर्ने औंल्याइन् । उनले भनिन्, ‘हामी काम गर्न चुनिएका हौं, त्यसैले यो ५ वर्षमा परिणाममुखी काम गर्छौं ।’

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बजेट विनियोजन भएका पक्ष तथा योजनाको प्रभावकारिता सूचकमा (अंक/प्रतिशत) मूल्यांकन हुनुपर्ने बताए । पालिकावासीको समृद्धि पक्षमा माछापुच्छे« रहेको स्पष्ट पार्दै उनले जनजीविका सहज बनाउँदै साँच्चै परिवर्तन हुने कार्यक्रमको सुरुआत आगामी बजेटमार्फत गरिने धारणा राखे ।

वडा ४ का वडाध्यक्ष मधुसुदन अधिकारीले विभिन्न सीपमूलक तालिममार्फत सञ्जाल थप सशक्त बनाउनुपर्ने विचार राखे । सो अवसरमा पालिकास्तरीय दलित समन्वय समिति सचिव पदम नेपाली, ज्येष्ठ नागरिक सञ्जाल अध्यक्ष गणेशप्रसाद अधिकारी, महिला संजाल संयोजक सरस्वती अधिकारी, अपाङ सञ्जाल अध्यक्ष ओमनाथ अधिकारी, सचिव रामचन्द्र विक लगायतले बोलेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन महिला बालबालिका शाखा प्रमुख रीता थापाले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • पोखरामा खटिए नयाँ नगर प्रहरी

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    पोखरा । पोखरा महानगरपालिकामा नयाँ भर्ना भएका नगर प्रहरी सोमबारदेखि कार्यक्षेत्र प्रवेश गरेका छन् । महानगरले ४८ जना नगर प्रहरीहरु…
  • साहस सहकारीको दोस्रो साधारण सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा। साहस बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो साधारण सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष शेरबहादुर क्षत्रीको सभापतित्व एवम् पोखरा महानगरपालिका…
  • कोलपाटन सहकारीको साधारण सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । कोलपाटन बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारण सभा शनिबार भएको छ । कार्यक्रम पोखरा महानगरपालिका सहकारी…
  • चापापानी सिद्वार्थ सहकारीमा दीपक

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा १२ पुरानोधारामा रहेको चापापानी सिद्वार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौ साधारण सभा तथा पाँचौ अधिवेशनले…
  • गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । गण्डकी प्रदेशका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । २०८० वैशाखमा नियुक्त भएका मुख्यमन्त्रीदेखि मन्त्रीहरुले ६० दिनभित्रै सम्पत्ति…

hero news full width