नेलम्बोद्वारा युरोगार्ड सहयोग

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७९
nelambo

हेमजा । नेलम्बो नेपालले अन्नपूर्ण गाउँपालिका ६, लुम्लेस्थित सिद्ध आधारभूत विद्यालयलाई आइतबार युरोगार्ड हस्तान्तरण गरेको छ ।

संस्थाका अध्यक्ष एकदेव देवकोटाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नुमलाल देवकोटा, वडाध्यक्ष एकदेव देवकोटा, प्रधानाध्यापक नवीन भण्डारी, गाउँपालिकाका शिक्षा शाखा प्रमुख बलराम भुगाईंलगायत उपस्थितिमा युरोगार्ड हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नेलम्बोका अध्यक्ष देवकोटाले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा संस्था क्रियाशील रहँदै आएको जानकारी दिँदै विद्यार्थी तथा शिक्षकको स्वास्थ्यलाई मध्यनजर गरी सामग्री हस्तान्तरण गरिएको स्पष्ट पारे । उनले विद्यालयले सामग्रीलाई संरक्षण गरी प्रयोग गर्नेमा आफूहरु ढुक्क रहेको पनि सुनाए ।

वडाध्यक्ष एकदेव देवकोटाले नेलम्बोले शुद्ध खानेपानीका लागि सहयोग गरेकोमा धन्यवाद दिँदै संस्थाले उदारणीय कार्य गरेको भन्दै प्रशंसा गरे । उनले आगामी दिनमा नेलम्बोसँग सहकार्य गरी अन्य क्रियाकलाप सञ्चालन गर्न वडा तयार रहेको बताए ।

यसैबीच नेलम्बोले मुख तथा दाँतको उपचारका बारेमा सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्‍यो । सो कार्यक्रममा नेलम्बो नेपालका डेन्टल हाइजेनिस्ट सुस्मी बुढामगर, जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारी, कर्मचारीहरु रवि गुरुङ, कृष्णप्रसाद देवकोटालगायतले सहजीकरण गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नुमलाल देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा अधिकृत बलराम भुगाईंले धन्यवाद ज्ञापन तथा शिक्षक टंकप्रसाद देवकोटाले सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width