पोखरा । लोक संस्कृतिकर्मी मेनकाजी गुरुङ स्मृतिकोषमा ३५ लाख २६ हजार रुपैयाँ संकलन भएको छ । हिमाली सांस्कृतिक परिवारले पोखरामा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
हिमाली सांस्कृतिक परिवारका अध्यक्ष रहेका गुरुङको गत वर्ष कोरोनाका कारण ज्यान गएको थियो । हिमाली सांस्कृतिक परिवारले उनको स्मृतिमा संस्थाका मानार्थ सदस्य एवं सल्लाहकार रुद्रकुमारी गुरुङ (मैना) को संयोजकत्वमा स्मृतिकोष समिति गठन गरेको थियो ।
स्व.गुरुङको योगदानको चिरकाल स्मरणका अक्षयकोष स्थापित गरी वरिष्ठ लोकसंस्कृतिकर्मीलाई सम्मान, सक्रिय कलाकार पुरस्कृत र लोकसंस्कृति संरक्षण एवं विकास गर्ने उद्देश्यले कोषको स्थापना गरिएको स्मृतिकोष समितिका संयोजक मैनाले बताइन् । कोषको वार्षिक व्याजबाट आगामी वर्षदेखि कार्यक्रम गरिनेछ ।
कोषका लागि स्व. गुरुङका आफन्तजन, शुभचिन्तक, शुभेच्छुक महानुभाव एवं संघसंस्थाले सहयोग गरेको स्मृतिकोष समिति कोषाध्यक्ष श्रीजंग गुरुङले बताए । उनका अनुसार हालसम्म संकलित रकममध्ये ३५ लाख अक्षयकोष स्थापना गरिने र शुभेच्छुकबाट अझै पनि रकम आउने क्रम जारी रहेको बताए ।
परिवारका सल्लाहकार हुमबहादुर गुरुङले कोषको वार्षिक व्याजबाट वरिष्ठ लोकस्रस्टालाई वार्षिक राष्ट्रियस्तरको पुरस्कार, लोककलाकारलाई प्रोत्साहन स्वरुप पुरस्कृत र लोक संस्कृति संरक्षण सम्वद्र्धनका लागि कार्यक्रम हुने गरी विनियम बनेको बताउए । परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले कोष स्थापनाका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए ।
Related News
सम्बन्धित समाचार
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
एन प्याब्सन महाधिवेशन फागुनमा
रिहर्सलमा ‘सपना डिलक्स कोच’
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१