‘लाहाचोक एक: विविधता अनेक’ लोकार्पण

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७९
Lahachowk (2)

पोखरा । वैदेशिक रोजगार मञ्च लाहाचोकको आयोजनामा सिंगो लाहाचोकलाई चिनाउने पुस्तक ‘लाहाचोक एक : विविधता अनेक’ कृति लोकार्पण, ज्येष्ठ नागरिक तथा खेलाडी सम्मान गरिएको छ ।

कृति लोकार्पण गर्दै ण्डकी प्रदेशका प्रदेश सभा सदस्य डा. पुष्पा केसी भण्डारीले लाहाचोकको गौरव र गरिमालाई उचो बनाउन वैदेशिक रोजगार मञ्चले पु¥याएको योगदानको जति चर्चा गरे पनि कमै हुने बताइन् । विदेशमा बसेर पनि लाहाचोकलाई एउटा दस्तावेज बनाएर प्रकाशन गर्ने मात्र होइन, साक्षात् भगवान्रुपी आमाबुबालाई सम्मान गर्ने, जन्मभूमिको श्रीवृद्धिमा खट्नेप्रति सम्मान व्यक्त गरिन् । वर्तमान नवनिर्वाचित पालिका पदाधिकारीलाई बधाई ज्ञापन गर्दै अतिथि भण्डारीले राम्रा कामका लागि तेरो मेरो नभनेर एक भएर अगाडि बढ्नका लागि सुझाइन् ।

समारोहमा माछापुच्छ्रे गाउँपालिका प्रमुख मीनबहादुर गुरुङ, उपप्रमुख सीता अधिकारी, कार्यकारी अधिकृत विष्णु पोखरेल, लाहाचोकका संस्थापक अध्यक्ष पूर्णबहादुर शाही, वर्तमान वडाध्यक्ष मधुसुदन अधिकारी, लाहाचोक साहित्य सदनका अध्यक्ष लीलाधर अधिकारी, महेन्द्र माविका प्रधानाध्यापकलगायतले मन्तव्य राखेका थिए ।

कृतिको समीक्षा गर्दै असफल गौतमले सरकारले गर्नुपर्ने काम वैदेशिक रोजगारमा रहेका युवाहरुबाट हुनु स्तुत्य रहेको बताए । उनले लाहाचोकका विविधता र मञ्चको गतिविधिको ऐतिहासिक दस्तावेजका रुपमा कृति रहेको उल्लेख गरे ।

समारोहमा पालिका भरीबाट सामाजिक क्षेत्रमा स्तुत्य कार्य गरेका १–१ जना ज्येष्ठ समाजसेवी १० र उदीयमान खेलाडी गरी ११ जनालाई नगदका सम्मान गरिएको थियो । यसका साथै, समारोहमा कार्यक्रम सफल पार्न र कृति प्रकाशनमा शुभकामना तथा व्यावसायिक सन्देश प्रदान गर्ने दातालाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो ।

मञ्चका सल्लाहकार राजेश घलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेम ढकालको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको सञ्चालन विदुरचन्द्र ढकाल र राजेन्द्र गौतमले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width