लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले सुर्खेत उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई संघमा आइतबार स्वागत तथा सम्मान गरेको छ ।
२ संघबीचको भातृत्व तथा आत्मीयता कायम गर्दै एक आपसमा अनुभव साटासाट गर्ने उद्देश्यले राखिएको कार्यक्रममा भएका काम र आगामी दिनमा गरिने योजनाबारे छलफल भएको थियो ।
कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले व्यावसायिक हितका लागि नेपाल उद्योग वाणिज्य महासंघले सरकारी निकायसँग आवाज उठाउनुपर्ने सुझाव दिए
नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य बाबुराम गिरीले कृषिमा आधारित उद्योग कलकारखाना सञ्चालन गरी स्वदेशी उत्पादनलाई प्रथामिकता दिनुपर्ने सुझाव राखेका थिए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पूर्व अध्यक्षद्वय लक्ष्मीप्रसाद त्रिपाठी र कृष्णहरि भण्डारीले २ संघबीचको सम्बन्धलाई विस्तार गर्दै आगामी दिनमा भातृत्वको सम्बन्धलाई विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
निर्माण व्यवसायीले बुझाए ज्ञापन
सुलभको बम्पर उपहारमा राहुललाई स्कुटर
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माघ ५, २०८१