ताल वाराहीमा विव्यसमा न्यौपाने

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७९
Barahi School

पोखरा । पोखरा ६ बैदामस्थित ताल बाराही माविको विव्यस अध्यक्षमा कृष्णप्रसाद न्यौपानेले निरन्तरता पाएका छन् । विव्यसको आइतबार बसेको बैठकले न्यौपानेलाई आगामी ३ वर्षका लागि अध्यक्ष सर्वसम्मत चयन गरेको हो ।

समिति सदस्यहरुमा वडा प्रतिनिधि वासुदेव बराल, अभिभावकमध्येबाट गिरिराज अधिकारी, बालकृष्ण मल्ल र रमा अधिकारी छन् । वडा शिक्षा समितिबाट तेजनाथ न्यौपाने र शिक्षक प्रतिनिधिमा देवीकुमारी केसी नियुक्त भएका हुन् । एक सदस्य विद्यालयले मनोनीत गर्ने प्रअ ताराप्रसाद पोखरेलले बताए । नवनियुक्त अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका साथ आर्थिक तथा भौतिक उन्नतिका लागि प्रयत्नशील रहने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width