पोखरा । केआइइसी एम–१२ ले प्रथम सेभेन ए साइड फुटबल प्रतियोगिता उपाधि जितेको छ ।
रामेश्वरी माविको खेल मैदानमा जनएकता क्लबद्वारा आयोजित प्रतियोगिताको शनिबार रत्नचोकलाई ४–१ गोलले पराजित गर्दै उसले उपाधि उचाल्यो । पहिलो हाफमै ३–१ ले अग्रता लिएको एम–१२ ले दोस्रो हाफमा थप १ गोल थप्दै फराकिलो जित दर्ता गर्यो । विजेता एम–१२ ले नगद १ लाख १ हजार गर्यो । उपविजेता रत्नचोकले ६१ हजार १ सय पायो । एम १२ का लागि अविनास तामाङले ह्याट्रिक गरे । सरोज तितुङको नाममा १ गोल लेखियो । रत्नचोकका लागि सोनु गुरुङले सान्त्वना गोल फर्काए । ४६ टोलीको सहभागिता रहेको प्रतियोगितामा फाइनल खेलको म्यान अफ दि म्याच अनिवास तामाङ घोषित भए ।
उत्कृष्ट खेलाडीको पुरस्कार मनोज गुरुङ घोषित भए । वेस्ट गोलकिपरबाट रोमन थापामगरले पुरस्कार थाप्दा उत्कृष्ट डिफेन्डर योगेश गुरुङ बने । सर्वाधिक गोलकर्ताको पुरस्कार सरोज तितुङले प्राप्त गरे ।
विजेतालाई पोखरा–१४ का नवनिर्वाचित वडाध्यक्ष बोधबहादुर कार्की, समाजसेवी अमृतबहादुर कार्की लगायतले ट्रफीसहित नगद प्रदान गरे । वडाध्यक्ष कार्कीले प्रथम पुरस्कार प्रायोजन गरेका थिए । दोस्रो पुरस्कारको समाजसेवी अमृतबहादुर कार्की तथा होमबहादुर बसेलले प्रायोजन गरेको आयोजक जनएकता क्लबका सचिव घनश्याम अधिकारी (श्याम)ले बताए । क्लब अध्यक्ष बेवबृजन खड्काको अध्यक्षतामा कार्यक्रम भएको हो ।
Related News
सम्बन्धित समाचार
भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
स्पोर्टस् अवार्डलाई भूपू खेलाडीको सहयोग
पोखरा स्पोर्टस् अवार्डलाई तमु धिं युकेको एक लाख
छैटौं पोखरा स्पोर्टस् अवार्डको नोमिनेसन सार्वजनिक
स्पोर्टस् अवार्डलाई सहाराको सहयोग
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९