जेहेनदार १० विद्यार्थीलाई छात्रवृत्ति

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७९
pokhara ward 3

पोखरा । पोखरा वडा ३ का नवनिर्वाचित वडाध्यक्ष प्रकाशमान उदासले १० जना जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेका छन् ।

शुक्रबार पदभारपछि वडाध्यक्ष उदासले वडाका सामुदायिक तथा निजी विद्यालयको समन्वयमा आर्थिक रुपमा विपन्न रहेका जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेको जनाए । पैसाको अभावमा कोही शिक्षाबट वञ्चित हुन नपरोस् भनी सोको सुरुआत गरिएको उनले बताए ।

निर्णयकै दिन पोखरा ३ नीलगिरि टोलका प्रसिद्ध परियारलाई माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुलमा कक्षा ७ देखि १० कक्षासम्म निशुल्क पढ्ने व्यवस्था गरिएको वडाध्यक्ष उदासले जानकारी दिए । अन्य ९ जनाको समेत पहिचान गरी विद्यालयमा समन्वयन गर्दै जाने उनले बताए ।

उनले आफूले निर्वाचन बेला जनतासँग गरेका प्रतिबद्धता व्यवाहारिकरुपमा कार्यान्वयन गर्दै जाने बताए । सबै दलको साथ र सहयोग लिएर वडाको विकासका कार्यक्रमलाई अगाडि बढाउने वडाध्यक्ष उदासको भनाइ थियो ।

प्रजातन्त्र सेनानी केशवराज पराजुलीले वडाको विकासलाई प्राथमिकता दिएर काम गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, समाजसेवी अशोक पालिखे, निवर्तमान वडाध्यक्ष रवीन्द्रबहादुर प्रजु, कांग्रेस पोखरा ३ का सभापति नारायण उदास, माओवादी केन्द्रका अध्यक्ष भीमबहादुर गुरुङ, राप्रपाका मोतिमान शाक्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कर्मचारी मोहनप्रसाद ढुंगानाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन वडासचिव चन्द्रावती वाग्लेले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • रचनाले नचाइन् पोखरेली

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । अहिलेकी लोकप्रिय गायिका रचना रिमालले आइतबार पोखरेली दर्शकलाई आफ्नो प्रस्तुतिमा भरपूर मनोरञ्जन दिइन् । अमरसिंह चौरमा जारी १३…
  • निर्माण व्यवसायीले बुझाए ज्ञापन

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले विभिन्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । व्यवसायीहरुका माग सम्बोधन गर्न माग गर्दै…
  • चिसापानी एकता समाजको भेटघाट

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    लेखनाथ । चिसापानी एकता समाज पोखरा २९, ३० र ३२ को आयोजनामा गाउँले भेटघाट तथा ल्होछार विषय कार्यक्रम भएको छ…
  • महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा

    आदर्श समाज सम्वाददाता माघ ६, २०८१
    पोखरा । करारमुक्त महानगर बनाउने निर्णय गरेको पोखराले शुक्रबारदेखि ५१ जना स्वास्थ्यतर्फका कर्मचारीलाई हाजिरी गर्न रोकेको छ । उनीहरुको १…
  • संरक्षण आमा समूहद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बाटुलेचौरस्थित संरक्षण आमा समूहले समूहको विकास र उन्नयनमा भूमिका खेल्ने आमाहरूलाई सम्मान गरेको छ । समूहको २४ औं…

hero news full width