पोखरा । गण्डकी सरकारले आगामी बजेटको सिद्धान्त र प्राथमिकता संसदमा छलफल गरिरहेको छ । सांसदहरुले सिद्धान्त र प्राथमिकताबारे आफ्ना प्रतिक्रिया राखेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद तथा पूर्व अर्थमन्त्री किरण गुरुङले अहिलेको सिद्धान्त र प्राथमिकतालाई मनचिन्तेको झोली (मनले चिताएको जस्तो) रुपमा अथ्र्याएका छन् । ‘प्राथमिकता र सिद्धान्तमा भिन्नता नै छैन । कुन सिद्धान्त आधारमा, कसरी बजेट विनियोजन हुन्छ ?,’ उनले भने, ‘यो त मनचिन्ते झोली जस्तो भयो । जे खोजे पनि पाउनु हुन्छ । खेलाडीबारेमा खोजे त्यहाँ छ, स्वास्थ्यका बारेमा छ । सबै कुरा पाउनुहुन्छ । धेरै कुरा पाउने भएर प्राथमिकता छुट्टिएन ।’
उनले अधिकांश बुँदा पहिलेकै सरकारको निरन्तरता भएको बताए । ‘पढ्दै जाँदा सम्झेको जति बुँदा थपिएको छ । कागले मयुरको प्वाँख घुसारेजस्तै नीति घुसारिएको छ । प्राथमिकताको फुर्को हो कि के हो ?,’ अघि भन्छन्, ‘कुन आयोजना र कार्यक्रमलाई प्राथमिकता दिएको छ ? त्यसको आधार के होला ?’ उनले अर्थतन्त्र चलायमान हुनका लागि राष्ट्र बैंक मिलेर चल्नुपर्ने भन्दै आर्थिक संकट बढेकोतर्फ सचेत गराए ।
अर्का सांसद रामशरण बस्नेतले सिद्धान्त र प्राथमिकतामा कुनै दुरदृष्टि नरहेको प्रतिक्रिया दिए । ‘घडेरी किन्ने पैसा पाएका छैनन् । बैंकबाट लोन आउँदैन । के सोचका साथ घडेरी बेचेर आम्दानी गर्ने कार्यक्रम ल्याएको हो ? धनाढ्यहरुको योजनाअनुसार काम गर्न लागेको छ,’ उनले भने, ‘दुर्गममा समान विकासको सोच सरकारले राख्नुपर्छ । यो सिद्धान्त र प्राथमिकता सरासर गलत छ । मिठा कुरा गरेर बजेट नहाल्ने हो भने कुरा नै नगर्नुस् । उत्तरी र विकट क्षेत्रमा बजेट हाल्नुपर्छ ।’ उनले अघिल्ला सरकारले ल्याएको एयर लिफ्टिङको योजनालाई छोडेकोमा पुनः निरन्तरता दिन सुझाव दिए ।
कागले मयुरको प्वाँख घुसारेजस्तै नीति घुसारिएको छ
विकास लम्सालले सरकारको प्राथमिकता निरस र निरन्तरता मात्रै भएको बताए । ‘निरस, पट्यारलाग्दो र झारा टार्नेखालको आयो । ल्याउनै पर्ने भएर ल्याएको जस्तो छ । नवीन सोच छैन । जे ल्याएको छ, यसमा क्रियाकलाप आवश्यक थिएन । सारतत्व यसमा छैन,’ उनी भन्छन्, ‘जे ल्याएको छ, यसले प्रदेशलाई ठूलो धोका दिएको छ । यो शैलीले बजेटको दुरुपयोग र समयको बर्वादी हो । यो सरकार रहनु भनेको गण्डकी प्रदेशबासीको लागि ठूलो दुर्भाग्य भयो ।’ इन्द्रलाल सापकोटाले पनि सरकार मितव्ययितामा चुकेको आरोप लगाए । ‘सरकार टिकाउनका लागि जे पनि गरिरहेका छौं । मन्त्रीको संख्या बढायौं, दलका नाममा भागबण्डा मिलाउन गाडी कुदाएका छौं । यहि हो मितव्ययिता ? यहि हो प्राथमिकता ?,’ भन्छन्, ‘पहिलो नीति तथा कार्यक्रममा पर्यटनलाई प्राथमिकतामा राखेको थियो । खै के काम गरेको छ ? यसमा गम्भीर हुनुपर्छ कि पर्दैन ?’
सत्तारुढ सांसदहरु भने बजेटका सिद्धान्त र प्राथमिकता पहिले भन्दा सुधारिएको दाबी गर्छन् । कांग्रेसकी ओमकला चालिसेले सरकारले सबै योजनालाई छोएर सिद्धान्त तय गरेको बताइन् । ‘प्रथम पञ्चवर्षीय योजना, राजनीतिक दलको घोषणापत्र र दिगो विकास लक्ष्यमा आधारित भएर सिद्धान्त र प्राथमिकता तय भएको छ । यसले अर्थतन्त्र चलायमान हुन्छ,’ उनले भनिन् । माओवादीका विनोद केसीले नवीनता थप्ने प्रयास गरेको बताए । ‘जनताका आवश्यकताका क्षेत्र खोजी गरेको छ । शिक्षा, खानेपानी, सिंचाइ लगायत विषयलाई बढी प्राथमिकता दिएको छ,’ उनी भन्छन्, ‘बजेटमा अझै समीक्षा गर्न सकिन्छ । यो सिद्धान्त र प्राथमिकता आवश्यकताका आधारमा आएको छ ।’ प्रदेश सरकारले राजस्व बढाउन मेहनत गर्नुपर्ने उनको सुझाव छ ।
प्रकाशचन्द्र दवाडीले लघुवित्त संस्थाले धेरैको घरबास उठाएको भन्दै बैंक बिस्तारलाई प्राथमिकताका साथ उल्लेख गर्नुपर्ने बताए भने दीपा रोकाले प्रणाली फेरिए पनि कार्यान्वयन फितलो हुँदा नागरिकमा उत्साह नरहेको बताइन् । ललितकला गुरुङले सिद्धान्त र प्राथमिकता राम्रो भए पनि उपलब्धि र परिणाममा ध्यान दिन आग्रह गरिन् ।
Related News
सम्बन्धित समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
hero news full width
मुख्य समाचार
जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९बजेटको किचलोले संसद बैठक अनिर्णीत
असार १४, २०७९विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक
असार १४, २०७९तालको मापदण्ड नघटाउन सर्वोच्चको आदेश
असार १४, २०७९नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
असार १३, २०७९