चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम

आदर्श समाज सम्वाददाता
जेठ १२, २०७९
children nepal trainings

पोखरा । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको चिल्ड्रेन नेपालको आयोजनामा उद्घोषण तालिम सञ्चालन गरेको छ । एसइई दिएर बसेका किशोर किशोरीको बोल्ने कलाको विकास गर्दै उनीहरुमा आत्माविश्वास जागृत होस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको चिल्ड्रेन नेपालकी शारदा शार्माले बताइन् । रेडियो सफलताका संयोजक सञ्चारकर्मी मधु अधिकारीले तालिममा सहजीकरण गरेका थिए । उनले विद्यार्थीको उज्जवल भविष्यका लागि बोल्ने कला अपरिहार्य भएको बताए ।

चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्ली शर्माले तालिमले सहभागी किशोर किशोरीको जीवनमा ठूलो अर्थ राख्ने विश्वास व्यक्त गरे । कार्यक्रम सञ्चालन तालिममा सहभागी प्रशिक्षार्थी कल्पना आसामीले गरिन् । तालिममा २५ जना छात्र छात्रा सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

  • रचनाले नचाइन् पोखरेली

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । अहिलेकी लोकप्रिय गायिका रचना रिमालले आइतबार पोखरेली दर्शकलाई आफ्नो प्रस्तुतिमा भरपूर मनोरञ्जन दिइन् । अमरसिंह चौरमा जारी १३…
  • निर्माण व्यवसायीले बुझाए ज्ञापन

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले विभिन्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । व्यवसायीहरुका माग सम्बोधन गर्न माग गर्दै…
  • चिसापानी एकता समाजको भेटघाट

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    लेखनाथ । चिसापानी एकता समाज पोखरा २९, ३० र ३२ को आयोजनामा गाउँले भेटघाट तथा ल्होछार विषय कार्यक्रम भएको छ…
  • महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा

    आदर्श समाज सम्वाददाता माघ ६, २०८१
    पोखरा । करारमुक्त महानगर बनाउने निर्णय गरेको पोखराले शुक्रबारदेखि ५१ जना स्वास्थ्यतर्फका कर्मचारीलाई हाजिरी गर्न रोकेको छ । उनीहरुको १…
  • संरक्षण आमा समूहद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बाटुलेचौरस्थित संरक्षण आमा समूहले समूहको विकास र उन्नयनमा भूमिका खेल्ने आमाहरूलाई सम्मान गरेको छ । समूहको २४ औं…

hero news full width