काे हुन् पाेखराका मेयर धनराज आचार्य ? 

आदर्श समाज सम्वाददाता
जेठ १२, २०७९
dhanraj acharya

पाेखरा । पोखराको मेयर निर्वाचित धनराज आचार्यको जन्म २०२६ साल चैत १७ मा पोखरा ३३, भरतपोखरीमा भएको हो । राजनीतिसँगै सामाजिक एवं व्यवसायमा सफल आचार्यले एमबिए, एमएड पूरा गरेका छन् ।

स्पष्ट वक्ता उनको राजनीतिक करिअर २०३९ सालमा अनेरास्ववियुको सदस्यता प्राप्तिसँगै सुरु भयो । त्यसपछि अनेरास्ववियुको प्रारम्भिक कमिटी (विद्यालय) मा २०४३ सालमा रहेका उनी अर्को वर्ष पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियु प्रारम्भिक कमिटीमा आबद्ध रहे । २०४५ सालमा अनेरास्ववियु जिल्ला कमिटी कास्की सदस्य, ४६ सालमा सचिव, ४७ सालमा अध्यक्ष बने । साथै २०४८ सालमा अनेरास्ववियु गण्डकी अञ्चल कमिटी अध्यक्ष निर्वाचित उनी अर्को वर्ष केन्द्रीय सदस्य चुनिए । २०५० देखि ५४ सालसम्म पश्चिमाञ्चल प्रमुखको जिम्मेवारी निर्वाह गरे भने २०५४ देखि ५८ सम्म केन्द्रीय सचिवालय सदस्य बने ।

स्ववियु पृथ्वीनारायण क्याम्पसमा उनी २०४९ देखि ०५१ सम्म कोषाध्यक्ष, २०५१ देखि ०५३ सम्म सभापति बने । सभापतिको भूमिकामा रहँदा उनी स्ववियू काउन्सिल महासचिव थिए ।

१५ वर्षको उमेरमै उनी नेकपा माले युवा लिगमा संगठित रहे । २०४४ मा नेकपा माले पार्टी सक्रिय दलमा आबद्ध बने । सोही वर्ष नेकपा माले उम्मेदवार पार्टी सदस्य, नेकपा माले विदार्थी इकालका कमिटी (जेल विभाग), २०४५ सालमा राष्ट्रिय पञ्चायतका सदस्य रही प्रत्याह्वान विरुद्ध आन्दोलनका क्रममा घाइते र गिरफ्तार गरिए । २०४७ सालमा नेकपा माले संगठित सदस्यता प्राप्त, २०४६ देखि ०५१ सम्म पार्टी विद्यार्थी इलाका कमिटी सदस्य/सचिव, ०५२ मा नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्य, ०५४ मा नेकपा माले कास्की जिल्ला कमिटी सचिवालय सदस्य चुनिए ।

पृथ्वीनारायण क्याम्पसमा उनी २०४९ देखि ०५१ सम्म स्ववियु कोषाध्यक्ष, २०५१ देखि ०५३ सम्म सभापति बने

२०६० सालमा नेकपा एमाले कास्की उद्योग व्यवसाय विभाग प्रमुख बनेका आचार्य २०६४ देखि ०६९ सम्म फ्रयाक्सन सचिवको जिम्मेवारी पाए । २०६९ देखि ०७४ सम्म नेपाल राष्ट्रिय वाणिज्य संघ अधयक्ष, २०७१ देखि ०७६ सम्म नेपाल उद्योग तथा व्यवसायी महासंघ स्थायी कमिटी सदस्य, २०७१ देखि ०७५ सम्म नेकपा एमाले केन्द्रीय उद्योग तथा श्रम व्यवसाय विभाग सदस्य, २०७५ देखि ०७८ सम्म नेकपा उद्योग तथा व्यवसाय विभाग सदस्य बने । २०७८ मा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष (समानान्तर कमिटी) मा रहे ।

एमाले फुटपछि उनी गतदेखि नेकपा (एकीकृत समाजवादी) कास्की जिल्ला कमिटीको अध्यक्षको जिम्मेवारी सम्हाल्नुका साथै केन्द्रीय सदस्यमा रहे । २०४० सालदेखि हालसम्मका सम्पूर्ण आन्दोलन, निर्वाचन तथा महत्वपूर्ण कार्यका सक्रिय रहँदै आए ।

सन् २०१७/१८ मा उनी लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ का गभर्नर थिए । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघमा महासचिव हुँदै अध्यक्ष बनेका उनी पोखरा उद्योग वाणिज्य संघमा कार्यकारिणी सदस्य थिए । पोखरा महानगरपालिकामा २०७५ सालमा उनी शिक्षा विज्ञ, उच्चस्तरीय पुस्तक नीति मस्यौदा समिति–२०५८ मा सदस्य (विज्ञ) थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width