पोखरा । जनएकता युवा क्लबको आयोजनामा सञ्चालित प्रथम सेभेन ए साइड फुटबल प्रतियोगितामा मंगलबार ७ खेल भए ।
रामेश्वरी माविको खेल मैदानमा जारी खेलमा भीमाद युथ क्लबले रन्जन स्मृति युथ क्लब भीमादलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । भीमादका लागि लोकेश थापाले २ र अभिषेक राईले १ गोल गर्दै जीत दिलाउँदा रन्जन स्मृतिका लागि राजन सोसान गुरुङ र आगमन खड्काले गोल फर्काए ।
सहिद स्मृति विद्यालयले मेरो नेपाल युवा क्लब एलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गरेको छ । जसमा आशीष थापा, सुजन तामाङ र सन्दीप गुरुङले गोल गरे । मेरो नेपाल लागि सौरभ कार्की र सरोज सुनारले गोल गरे ।
अर्को खेलमा विजयपुर एफसीमाथि भण्डारढिकको आदर्श क्लबले २–० गोलको नजिता निकाल्यो । जीतमा विकास परियारले दुवै गोल गरेका थिए ।
काउरे बयरघारी स्याङजालाई मसिना एफसीले ४–० फराकिलो गोलअन्तरले पराजित ग¥यो । विजय श्रेष्ठले २, क्षितिज जिटी र विश्व थापाले १–१ गोल गरे ।
केआइइसी एम १२ भक्कुले खाल्टे गैरी गाँउलाई १०–० फराकिलो गोलअन्तरले हरायो । सरोज तितुङले डबल ह्याट्रिक गरे । त्यस्तै विकास गुरुङले २, मनोज गुरुङ र मीन गुरुङले एक एक गोल गरेका थिए ।
हाम्रो एफसीलाई जनएकता युवा क्लब हरियोले ४–० को नजिता निकाल्दै अर्को चरणमा प्रवेश गरेको छ । जनएकताका लागि आशीष कार्कीले २, सन्देश देवकोटाले १ र समुद्र सुवेदीले १ गोल थपे । विजयपुर एफसीले मसिना मेनचेष्टर फुडजोनलाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गरेको थियो । विजेताले १ लाख ११ हजार, उपविजेताले ६१ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीले समेत नगद पुरस्कार प्राप्त गर्ने आयोजक क्लब सचिव घनश्याम अधिकारी (श्याम) ले जानकारी दिए । फाइनल जेठ १४ मा हुनेछ ।
Related News
सम्बन्धित समाचार
भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
स्पोर्टस् अवार्डलाई भूपू खेलाडीको सहयोग
पोखरा स्पोर्टस् अवार्डलाई तमु धिं युकेको एक लाख
छैटौं पोखरा स्पोर्टस् अवार्डको नोमिनेसन सार्वजनिक
स्पोर्टस् अवार्डलाई सहाराको सहयोग
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९