पोखरा । स्वागतम बहुउद्देश्यीय सहकारीको नयाँबजारमा कार्यालय उद्घाटनसँगै रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा २५ युनिट रगत संकलन भएको सहकारी अध्यक्ष सुशील नेपालीले जानकारी दिए ।
राष्ट्रिय सहकारी महासंघ गण्डकी प्रदेश समन्वय समिति सदस्य तेजनारायण अधिकारीले आर्थिक समृद्धिसँगै सुखद यात्राको सुरुवात भएको र सामाजिक क्षेत्रमा गर्ने यस्ता कार्यले अन्य संघसंस्थालाई पनि उत्प्रेरणा मिल्ने बताए ।
नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आर्थिक उन्नतिका लागि यो परिवेश अत्यन्त आवश्यक भएको र नयाँ कार्यालय सुरुवातसँगै आयोजित कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे । उनले संस्थाले आगामी दिनमा गर्ने काममा पनि हातेमालो गर्ने बताए ।
प्राविधिक सहयोग रहेको क्षेत्रीय रक्तसञ्चार कार्यालय पोखराका प्रमुख अर्जुन ज्ञवालीले कुनै पनि बेला जोकोहीलाई रगत चाहिन सक्ने बताउँदै अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने वैकल्पिक उपाय भनेकै रक्तदान भएको बताए ।
संस्थाका अध्यक्ष सुशील नेपालीको अधयक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष कमला सुनारले स्वागत र रवि बिकले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
जिसस कास्कीको वार्षिक समीक्षा
तनहुँ सम्पर्क समाज पोखराको पदस्थापना
विद्यालयलाई फर्निचर सहयोग
कांग्रेस गण्डकी सभापतिद्वारा पहिरो अवलोकन
hero news full width
मुख्य समाचार
खानेपानीमा इ–कोली जीवाणु भेटियो
कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९