होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा

आदर्श समाज सम्वाददाता
जेठ ९, २०७९
HAN Gandaki

पोखरा, ९ जेठ । होटल संघ नेपाल (हान) गण्डकी गठन गरिएको छ । संस्थाको अध्यक्षमा पुराना पर्यटन व्यवसायी हरिप्रसाद शर्मा गैह्रे निर्विरोध निर्वाचित भएका छन् । गण्डकी प्रदेश स्थिति विभिन्न ११ जिल्लाका होटल संघका अध्यक्षहरुको भेलाले शर्मालाई अध्यक्ष चुन्दै नयाँ कार्यसमिति समेत चयन गरेको छ । शर्मा होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष एवं सल्लाहकार हुन् । उनी लेकसाइडस्थित होटल पोखरा भिलेजका संचालक पनि हुन् ।

प्रदेशको प्रथम बोर्ड बैठक नाम दिइएको भेलालले भरतराज पराजुलीलाई प्रथम उपाध्यक्षको जिम्मेवारी दिएको छ । पराजुली हानका केन्द्रीय सदस्य एवं होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष एवं सल्लाहकार पनि हुन् । यसैगरी प्रदेश कमिटीको द्वितीय उपाध्यक्षमा तनहुँका पुराना होटल व्यवसायी राजकुमार श्रेष्ठलाई चयन गरिएको छ । गोर्खाका व्यवसायी मनप्रसाद धितालले सचिवको जिम्मेवारी पाएका छन् भने पर्वतका होटल व्यवसायी कृष्णप्रसाद श्रेष्ठ कोषाध्यक्षमा चयन भएका छन् ।

यसैगरी समितिको सदस्यमा होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, बागलुङका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ, म्याग्दीकी अध्यक्ष सिर्जना भट्टचन, तनहुँका अध्यक्ष जीवन शाही, नवलपुरका अध्यक्ष डिबी चौधरी र लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठ रहेका छन् । स्याङजा, मुस्ताङ र मनाङबाट पनि समितिमा छिटै प्रतिनिधित्व गराइने नवनिर्वाचित अध्यक्ष गैह्रेले जानकारी दिए ।

सो अवसरमा बोल्दै सबै पदाधिकारी र सदस्यहरुले व्यवसायिक एकतामा जोड दिएका थिए । होटल क्षेत्रले उद्योग सरहको मान्यता पाउनुपर्ने, पर्यटकको संख्या भन्दा गुणस्तरमा ध्यान दिनुपर्ने, प्रबद्र्धनको कामलाई अगाडि बढाउनुपर्ने लगायतका भनाई पनि उनीहरुले राखेका थिए । नवनिर्वाचित अध्यक्ष गैह्रेले सबै जिल्लाका सबै होटल संघ र सम्बन्धित व्यवसायीलाई समेटेर उहाँहरुको सल्लाह र सुझाव अनुसार नै प्रदेश कमिटी अगाडि बढ्ने भनाई राखे । हानका केन्द्रीय सदस्य विप्लव पौडेलले प्रदेश कमिटी गठन गर्न केन्द्रबाट पाएको जिम्मेवारी आफूले पूरा गरेको भन्दै नयाँ कमिटीलाई बधाई ज्ञापन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width