पोखरा । नेपाली युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा सुयस मल्ल चयन भएका छन् । मञ्चको शनिबार भएको १७ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले मल्ललाई अध्यक्षमा चयन गरेको हो । मञ्चको इमिडियट पास्ट प्रेसिडेन्टमा सुनीलबहादुर भट्टराई, प्रेसिडेन्ट इलेक्टमा निरन केसी, प्रेसिडेन्ट नोमिनीमा इन्जिनियर विशेष थापा, कार्यक्रम संयोजकमा समेज राजभण्डारी र आर्थिक संयोजक सरोज कायस्थ चयन भए ।
मञ्चको कार्यकारिणी सदस्यमा निकेश द्वा, हर्षल बिजुक्छे, विवेक श्रेष्ठ, दीशान्त शेरचन, सागर भट्टराई र सुरज श्रेष्ठ चयन भए ।
मञ्चका निवर्तमान अध्यक्ष सुनीलबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चले कोभिडका बेला अध्यक्ष सुनीलबहादुर भट्टराईको नेतृत्वमा सचेतना जगाउन, विरामीहरुलाई आवश्यक सहयोग गर्नेलगायतका उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गरे । उनीहरुले पोखरामा उद्यमशीलताको विकास गर्न, युवाहरुलाई उद्यमशीलताका लागि क्षमता अभिवृद्धि गर्न, पोखरेली अर्थतन्त्र बलियो बनाउन, मञ्चमा युवा उद्यमी तथा महिला उद्यमीहरुको सहभागिता बढाउन जोड दिन सुझाव दिएका थिए ।
सचिव इन्जिनियर विशेष पन्तको सञ्चालनमा भएको कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका कमिङ प्रेसिडेन्ट उदीप श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापती, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१