पोखरा । गण्डकी प्रदेशका ८५ मध्ये २ पालिकामा मात्रै दलित समुदायबाट नेतृत्वमा निर्वाचित भएका छन् । पालिका प्रमुखमा २ जनामात्रै निर्वाचित भएका हुन् । बागलुङको ढोरपाटनका मेयर देवकुमार नेपाली एमालेबाट विजयी भएका हुन् भने ताराखोला गाउँपालिकाको अध्यक्षमा धनबहादुर विक माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । एमालेले गोरखाको आरुघाट गाउँपालिका अध्यक्षमा कृष्णबहादुर नेपालीलाई टिकट दिएको थियो । नेकपा माओवादीले मंगला गाउँपालिका अध्यक्षमा टेकबहादुर विक र रघुगंगा गाउँपालिका अध्यक्षमा मीना विकलाई उम्मेदवार बनाएको थियो ।
उपप्रमुखतर्फ गोरखाको आरुघाट गाउँपालिका उपाध्यक्षमा कल्पना नेपाली निर्वाचित भएकी छिन् भने भानु नगरपालिकाको उपप्रमुखमा उमा गोतामे निर्वाचित भइन् । उनीहरु दुवैजना कांग्रेसबाट टिकट पाएका थिए । यता शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा खुमबहादुर विक माओवादीबाट निर्वाचित भए । महाशिला गाउँपालिका उपाध्यक्षमा एमालेबाट धनसुवा विक र सोही पालिकाको ६ नम्बर वडाध्यक्षमा गोविन्द विकले चुनाव जितेका छन् ।
नेकपा एमालेले गलकोटको उपमेयरमा रुपा विक र नेकपा माओवादीले मालिकाको उपमेयरमा गौरी सेन्चुरीलाई उम्मेदवार उठाएको थियो । उनीहरु निर्वाचित हुन सकेनन् । यसबाहेक ठूला पार्टीहरुले प्रमुख र उपप्रमुखमा दलितबाट उम्मेदवारी दिएका थिएनन् । स्वतन्त्र र दलसहित १९ जनाले प्रमुख र १९ जनाले नै उपप्रमुखमा उम्मेदवारी दिएका थिए । स्वतन्त्रबाट प्रमुखमा ७ र दलबाट १२ जनाको उम्मेदवारी परेको थियो । उपप्रमुखमा भने स्वतन्त्रबाट २ जना र दलबाट १७ जनाको उम्मेदवारी दियो ।
गण्डकी गाउँपालिका ५ मा माओवादीबाट पहलमान बयलकोटी, गोरखा नगरपालिका १३ मा कांग्रेसबाट मित्रकुमारी परियार निर्वाचित भइन् । पालुङटार नगरपालिकाको १ नम्बर वडामा जसपाबाट कृष्ण परियार र ८ नम्बरमा जसपाबाटै होपबहादुर नेपाली निर्वाचित भएका छन् । राइनास नगरपालिका ५ को वडाध्यक्षमा शंकबहादुर सार्की माओवादीबाट चयन भएका छन् ।
जैमिनी नगरपालिकाको ७ नम्बर वडामा कांग्रेसका केन्द्रबहादुर सुनार, बागलुङ नगरपालिका २ मा सुरज बोसेल, काठेखोला गाउँपालिका ३ मा कुलबहादुर विक एमालेबाट निर्वाचित हुँदा तमानखोला गाउँपालिकाको २ नम्बर वडामा नारायण सुनार माअोवादीबाट र ५ नम्बरमा हिराबहादुर विक कांग्रेसबाट निर्वाचित भए । ढोरपाटन नगरपालिका २ मा खीमबहादुर सुनार र ८ मा भद्रमणि सुनार तथा निसीखोला २ मा कुविर विक अध्यक्षमा चयन भए । धवलागिरी गाउँपालिका वडा नम्बर २ मा अकप्रसाद विक पनि अध्यक्षमा निर्वाचित भएका छन् ।
Related News
सम्बन्धित समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
hero news full width
मुख्य समाचार
जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९बजेटको किचलोले संसद बैठक अनिर्णीत
असार १४, २०७९विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक
असार १४, २०७९तालको मापदण्ड नघटाउन सर्वोच्चको आदेश
असार १४, २०७९नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
असार १३, २०७९